२०८३ भदौ २६ , शुक्रबार

ट्रक र मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु



 

 दैलेख। दैलेखमा ट्रकसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको च्यापिएर चालकको मृत्यु भएको छ ।दैलेखको डुङ्गेश्वर गाउँपालिका–२, तल्लो डुङ्गेश्वर बजारस्थित कर्णाली राजमार्गमा ट्रक र मोटरसाइकल ठोक्किँदा हुँदा मोटरसाइकल चालकको च्यापिएर मृत्यु भएको हो ।

ट्रक र मोटरसाइकल ठोक्किँदा कैलालीको गोदावरी नगरपालिका–८ का ४१ वर्षीय प्रेमबहादुर रोकाय क्षेत्रीको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी वरिष्ठ प्रहरी नायब निरीक्षक वरिष्ठ सई जयसिंह गुरुले बताउनुभयो।

सुर्खेत देखि कालिकोट तर्फ जाँदै गरेको भे १ ख ३७१० नम्बरको ट्रकले विपरीत दिशा तर्फ आउँदै गरेको भे १४ प ६७१४ मोटरसाइकल तल्लो डुङ्गेश्वर बजार स्थित पुलमा आपसमा ठोक्किएका हुन्। ट्रक चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ साउन २३ गते शनिबार
प्रतिक्रिया