२०८३ भदौ १२ , शुक्रबार

एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि



 

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण कात्तिक ९ देखि मङ्सिर ५ गतेसम्म सञ्चालन गर्ने भएको छ । क्यानका सचिव पारस खड्काले  जारी गर्नुभएको प्रेस विज्ञप्तिमार्फत प्रतियोगिताको मिति सार्वजनिक गर्नुभएको हो ।

यसअघि एनपिएलको दोस्रो संस्करण मङ्सिरको पहिलो साता सुरु भएको थियो । पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्स र दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेका थिए । दुवै संस्करणको फाइनलमा सुदूरपश्चिम रोयल्स पराजित भएको थियो ।

प्रकाशित मिति : २०८३ साउन २४ गते आइतबार
प्रतिक्रिया