२०८३ भदौ २६ , शुक्रबार

लुकाएर राखिएका तीन थान भरुवा बन्दुक बरामद



 

सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिका–८ हुर्केस्थित शान्ति सामुदायिक वनबाट प्रहरीले तीन थान भरुवा बन्दुक बरामद गरेको छ ।

शनिबार दिउँसो प्रहरी चौकी बड्डीचौरबाट खटिएको प्रहरी टोलीले वन क्षेत्रमा गस्ती गर्ने क्रममा सुकेको सालको रुखको टोड्कामा लुकाएर राखिएको अवस्थामा दुई थान भरुवा बन्दुक फेला पारेको हो ।

थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बाबियाचौरबाट समेत प्रहरी टोली घटनास्थल पुगेको थियो । थप जाँचका क्रममा सोही रुखको टोड्कामा लुकाएर राखिएको अर्को एक थान भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

बरामद बन्दुकबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ साउन २४ गते आइतबार
प्रतिक्रिया