२०८३ भदौ २६ , शुक्रबार

दैलेखमा डेरा बसेको कोठाभित्रै एक पुरूष मृत



 दैलेख  ।दैलेखमा एक पुरुष आफ्नै डेराको कोठामा मृत अवस्थामा फेला शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार नारायण नगरपालिका –६स्थित आफ्नै डेराको कोठामा बस्दै आएका एक जना पुरुषको शव फेला परेको हो ।
मृत अवस्थामा फेला पर्नुभएको पुरुषको सब आफन्न आएपछि पोस्टमार्टमका लागि जिल्ला अस्पताल दैलेखमा पाठईने जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक ऋषिकेश गौतम हरिजनले जानकारी दिनुभयो ।बाँकेको बैजनाथ गाउँपालिका ७ घर भएका अन्दाजी १८ वर्षको देखिने पुरुषको कोठामा शव फेला परेकोे उहाँले बताउनुभयो ।
प्रहरीका अनुसार शनिबार साँझ खाना खाएर सुतेका आइतबार बिहान करिब ८ः५० बजे नउठेपछि घरबेटी उठाउन खोज्दा नउठेपछि अचेत अवस्थामा रहेको भन्दै प्रहरी कार्यालय खबर गरिएको थियो।
सूचना पाएपछि प्रहरी घटनास्थल पुगेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ साउन २४ गते आइतबार
प्रतिक्रिया