
दैलेख । प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी प्रहरीले पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दामा १४ वर्षदेखि फरार रहेका दैलेखका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
साविक गमौडी गाविस–२ मेलाका हाल दुल्लु नगरपालिका–१० गमौडीका ३२ वर्षीय डिलबहादुर खड्कालाई प्रेमिका हत्या प्रकरणमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेख जनाएको छ । कर्तव्य ज्यान मुद्दामा फरार रहेका खड्का पक्राउ परेपछि जिल्ला अदालत दैलेखबाट म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक पुष्पराज रोकायले जानकारी दिनुभयो ।लामो समयदेखि फरार रहेका उनलाई गोप्य सूचनाका आधारमा पक्राउ गरिएको उहाँले बताउनुभयो ।
कर्तव्य ज्यान मुद्दामा फरार रहेका खड्कालाई जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरी टोलीले नारायण नगरपालिका–१ दैलेख सदरमुकाम बाट पक्राउ गरेको जनाएको छ।प्रहरीका अनुसार पक्राउ परेका प्रतिवादी खड्काविरुद्ध कर्तव्य ज्यान मुद्दा चलिरहेको थियो। मुख्य आरोपी भारतमा बस्दै आएको बेलाबेलामा लकीछुपि सुर्खेत तथा छिमेकीको गाँउमा पुग्ने गरेको प्रहरीले जनाएको छ ।पक्राउपछि उनलाई जिल्ला अदालत दैलेखबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। सम्झना सुनारको२०६९फागुन२५गते गमौडीमा हत्या भएको परिवारले बताएका छन् ।








