२०८३ भदौ २७ , शनिबार

बिध्यार्थीलाई मानसिक स्वास्थ्य सम्बन्धि तालीम



दैलेख । दैलेखमा विद्यार्थीहरूलाई मानसिक स्वास्थ्य सम्बन्धी तालीम प्रदान गरिएको छ । मानसिक स्वास्थ्य समस्या पहिचान र समाधानका लागि नारायण नगरपालिकाकाे समन्वयमा बहुसास्कृतिक  मनोसामाजिक संस्था (टीपीओ नेपाल)को आयोजनमा उक्त कार्यक्रम गरिएको हो ।

शसक्त महिला समृद्ध नेपाल कार्यक्रम अन्तर्गर मानसिक स्वास्थ्य सम्बन्धी सामुहिक मनोसामाजिक सहयोग कार्यक्रम अन्तर्गत किशोरावस्थामा आउने शारिरिक र मानसिक परिवर्तन र यसले निम्त्याउन सक्ने मानसिक समस्या र यसबाट बच्ने उपायहरू बारे रेडक्रस माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई ७दिने प्रशिक्षण प्रदान गरिएको टीपीओ नेपाल मनोविमर्शकर्ता उर्मिला बिशीले बताउनुभयो । उहाँले मानसिक रोगको बारेमा सबै युवायुवती सचेत रहनुपर्ने बताउनुभयो ।

कार्यक्रममा विद्यार्थीहरूलाई तनाव व्यवस्थापन, मानसिक सन्तुलन कायम राख्ने तरिका, सामाजिक जिम्मेवारी, र सकारात्मक सोच विकास गर्ने विषयमा प्रशिक्षण दिइएको हो ।

प्रकाशित मिति : २०८२ कात्तिक ३० गते आइतबार
प्रतिक्रिया