२०८२ मंसिर ४ , बिहीबार

एनपिएल : आज जनकपुर र काठमाडौँ भिड्दै



 

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आज सुरु हुँदैछ। उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजले प्रतिस्पर्धा गर्दैछन्। यो खेल आज दिउँसो ४ बजे सुरु हुनेछ।

एनपीएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरेर हुनेछन्। नेपाल क्रिकेट सङ्घ (क्यान)ले यस पटक दैनिक नौ हजार चार सय ५० टिकट बिक्री गर्ने जनाएको छ। पहिलो दिनको खेलको टिकट तीन दिन अगाडि नै बिक्री भइसकेको छ। क्यानका सचिव पारस खड्काले थप दर्शकलाई घरमै बसेर हेर्न अनुरोध गरेका छन्। एनपीएल मङ्सिर १ देखि २७ गतेसम्म सञ्चालन हुने छ। एनपिएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुँदै छन्।

प्रकाशित मिति : २०८२ मंसिर १ गते सोमबार
प्रतिक्रिया