२०८२ मंसिर ४ , बिहीबार

करार शिक्षक हटाउँदै पालिका



 दैलेख  । दैलेखको भैरवी गाँउपालिका खर्च धान्न नसकिने भन्दै करारका शिक्षक हटाउने निर्णय गरेको छ । गाँउपालिकाले आन्तरिक स्रोतबाट तलब दिन नसकिने भन्दै ६३ जना पालिकाका अन्र्तगका करार शिक्षक हटाउने निर्णय गरेकोे हो ।
आन्तरिक आम्दानी न्यून रहेको कारण तलब दिन नसकिने भएकाले पालिका भरिका करारका शिक्षक हटाउन लागेको भैरबी गाँउपालिकाका प्रमुख प्रसासकीय अधिकृत भक्तबहादुर मल्लले बताउनुभयो । उहाँले गाउँपालिकामा स्रोतको अभाव भएकोले कारण मंसिर १ गते देखि लागु हुने गरी हटाउने निर्णय गरिएको बताउनुभयो । पालिकामा कार्यरत शिक्षक, लेखा सहायक र बालबिकास सहयोगीको तबल आर्थिक बर्ष २०८२ र८३मा करिब ८० लाख हुन आउने भएकाले आन्तरिक स्रोतबाट तलब दिन नसकिने भन्दै हटाउने निर्णय भएको  उहाँले बताउनुभयो।

यस्तै केहि दिन अगाडी तलब नपाएको भन्दै दैलेखको ठाँटीकाँध गाउँपालिकामा करारका शिक्षकले तालाबन्दी गरेका थिए । करिब ११ महिनादेखि शिक्षकले तलब नपाएपछि ठाँटीकाँध गाउँपालिकाको शिक्षा शाखा र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेका थिए । गाउँपालिकाले करारका शिक्षकको बाँकी तलब भुक्तानी गर्नका लागि करिब ४करोड ९४लाख ९१हजार ९सय रकम आवश्यक भएको ठाँटीकाँध गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीप्रसाद उपाध्यायले बताउनुभयो ।अघिल्लो वर्ष देखिको तलब बजेट अभावका कारण दिन नसकिएको जनाउनुभयो । उहाँले पालिकामा बजेट अभाबका कारण पालिका अन्र्तगतका करारका शिक्षक शैक्षिक सत्र हटाउने निर्णय गर्न लागिएको बताउनुभयो ।ठाटीकाँध गाँउपालिका भरि ८६जना करारका शिक्षक रहेका छन् ।

प्रकाशित मिति : २०८२ मंसिर २ गते मंगलबार
प्रतिक्रिया