२०८२ मंसिर ४ , बिहीबार

किशोरकिशोरीलाई रुपान्तरण कक्षा



 

दैलेख –किशोर किशोरीको जिवनमा आउने विभिन्न परिवर्तन र सहि समयमा निर्णय तथा सिपको प्रयोग गर्ने उद्देश्यले रुपान्तरण कक्षा संञ्चालन गरिएको छ । युरोपेली संघको आर्थिक सहयोग र संयुक्त राष्ट्रसंघिय निकायहरु UNFPA /UNICEF /ILO/UN WOMEN र नारायण नगरपालिकाको समन्वयमा सञ्चालित सशक्त महिला, समृद्ध नेपाल कार्यक्रम अन्तरगर्त युनिसेफ नेपाल, आवाज सस्थाको आयोजनामा “सकारात्मक लैंगिक मापदण्डहरुको प्रवद्र्धन लैंगिक हिंसाको रोकथाम र यसका सेवाहरुमा पहुंच अभिवृद्धि” कार्यत्रmम अन्तर्गत नारायण नगरपालिका ४ ,५, ६ र १० मा  रुपान्तरण कक्षा संञ्चालन गरिएको छ ।

नारायण नगरपालिकाका भित्र रहेका महेन्द्र माध्यमिक विद्यालय, रेडत्रmस माध्यमिक विद्यालय,हिमालय माध्यमिक विद्यालय र साहुडाँडा चौतारामा गरि ५ ठाउँमा रुपान्तरण कक्षा सञ्चालन गरिएको आवाज संस्थाको कर्मचारी सम्झना कुमारी खत्रीले बताउनुभयो । उहाँले रूपान्तरण कक्षामा २६ जना किशोर किशेरिहरुको सहभागिता रहेको बताउनुभयो । रुपान्तरण कक्षा समापनको अवसरमा कार्यक्रममा सहभागी किशोर किशोरीलाई एक हजार र अभिभावकलाई सात सयका दरले प्रोत्साहन स्वरूप रकम सहयोग गरिएको आवाज संस्थाको कर्मचारी खत्रीले बताउनुभयो ।

कार्यक्रममा नारायण नगरपालिका नगरप्रमुख लोमन शर्माले रुपान्तरण कक्षाका कारण समाजमा सकरात्मक चेतना को बिकास भएको , ब्यक्तिगत सरसफाईमा ध्यान दिने गरेका , छाउपडि पनि कम भएको बताउनुभयो । उहाँले यस्ता कक्षाले अबिभावक तथा किशोर किशोरीहरु समाजका कुरीती तथा नकरात्मक रितिरिवाजको प्रतिकार गर्न सक्षम भएको र आफ्ना कुरा खुलेर भन्न सक्ने भएको बताउनुभयो ।

यस्तै सहभागीले सिकेका कुरा व्यवहारमा उतारी कुरीतिविरुद्ध व्यक्तिगत र समूहमार्फत जनचेतना फैलाउने काम गर्न सकेमा समाज रूपान्तरण सम्भव हुने नारायण नगरपालिका उप-प्रमुख तप्ता कुमारी थापाले बताउनुभयो । उहाँले विद्यालय जान छोडेका किशोर किशोरिहरु रुपान्तरण कक्षामा आएर पुर्न बिधालय जानु एउटा किशोर किशोरिहरुमा प्रभाबकारी कक्षा रहेको बताउनुभयो ।
यस्तै रूपान्तरण कक्षामा सिकेका कुराहरू किशोर किशोरीले अरूलाई सिकाउँदै समाज रूपान्तरणको सकारात्मक कार्यमा किशोरकिशोरीलाई लाग्न  नारायण नगरपालिका दैलेखका प्रमुख प्रसासकीय अधिकृत बमबहादुर केसिले आग्रह गनुभयो । उहाँले  रूपान्तरण कक्षाको सिकाइले म लगायत सहभागीहरूले सामाजिक रुढीवादी परम्परा, बालविवाह, कुसंस्कार र सामाजिक चिन्तन व्यवहार परिवर्तनका बारेमा शिक्षा हासिल गरेको बताउनुभयो ।

प्रकाशित मिति : २०८२ मंसिर ४ गते बिहीबार
प्रतिक्रिया