२०८३ जेठ १९ , मंगलबार

शिक्षकले दिए राजीनामा



यामराज बिष्ट
दैलेख मङ्सिर १२गते । पछिल्लो समयमा जिल्लामा सामुदायिक विद्यालयका शिक्षकहरूले अवधि नपुग्दै धेरै शिक्षकले राजीनामा दिएका छन् । शिक्षा विकास तथा समन्वय एकाइ दैलेखका अनुसार कतिपय ब्यक्तिगत कारण देखाउदै कतिपए सक्रिय राजनीति नै छनोट गर्ने उदेश्यले शिक्षकहरूले राजिनामा दिएका हुन् ।
यो बर्ष मात्र २०जना भन्दा बढी शिक्षकले राजीनामा दिएका शिक्षा विकास तथा समन्वय इकाई दैलेखका सूचना अधिकारी रतन बिष्टले बताउनुभयो । उहाँले धेरैजसो शिक्षकको राजीनामा राजनीतिमै लाग्नका लागि रहेको पाइएको बताउनुयो । प्राथमिक तहमा १७जना, निम्न माध्यमिक तहमा ३जना गरी कुल २०जना शिक्षकको राजीनामा स्वीकृत भएको उहाँले बताउनुभयो । उहाँले पछिल्लो समयमा शिक्षण पेसामा ब्यक्तिगत कारण देखाउदै शिक्षक पेसाबाट राजीनामा दिनेको सङ्ख्यामा वृद्धि हुँदै गएको बताउनुभयो । सूचना अधिकारी विष्टका अनुसार कतिपए ठाँउमा दरबन्दी मिलानका क्रममा टाढा सरुवा हुने भयका कारण कतिपय ठाँउमा धेरै वर्ष अध्यापन गराइसकेका कतिपय शिक्षकले भने स्थानीय तहहरुले दिएको भनेजस्तो तलब नभएका कारण पनि जागीर छोडेका छन् ।
केहि दिन अगाडी ठाटिकाँध गाँउपालिका – ५स्थित रहेको सत्यदेबि आधारभूत विद्यालय पालिका अनुदानमा अग्रेजी विषय अध्यापन गराउने चक्रबहादुर थापाले राजीनामा दिनुभएको हो । उहाँले धेरै वर्ष अध्यापन गराइसकेकाले शिक्षकले भने जस्तो स्थानीय तहहरुले नियमित तलब नदिएका कारण राजीनामा दिएको बताउनुभयो । पालिका अन्र्तरगत दरबन्दीको तलबबाट पारिवारिक खर्च नचल्ने भएकाले राजिनामा दिएको उहाँको भनाई छ ।
पाचौँ पटक बिज्ञापन गर्दा शिक्षक पाउन मुस्कील…
केही महिना पहिले जिल्लाको चामुण्डा बिन्द्रासैनिक नगरपालिका –१ स्थित रहेको हिमालय माध्यमिक विद्यालयमा संघिय अनुदान अन्र्तरगत माध्यमिक तहमा गणित शिक्षकका लागि पाँच पटक विज्ञापन गर्दा मुस्किलले भएको प्रधनाध्यापक हर्क बहादुर बिकले बताउनुभयो । उहाँले संघिय अनुदान अन्र्तरगत माध्यमिक विद्यालयका लागि गणित बिषयको शिक्षकका लागि पनि छैटौ पटकमा शिक्षक पाएको जानकारी दिनुभयो । दैलेख जिल्लामा बाल बिकास केन्द्र ३सय५७ आधारभूत विद्यालय ४सय१२ माध्यमिक विद्यालय १सय११संस्थागत४० एउटा धार्मिक१ संस्थागत माध्यमिक विद्यालय ३,क्याप्सस६वटा ,सामुदायिक सिकाई केन्द्र ४४प्राविधिक धारका विद्यालय५ वटा खुल्ला१गरी रहेको शिक्षा विकास तथा समन्वय एकाइ दैलेखले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८२ मंसिर १२ गते शुक्रबार
प्रतिक्रिया