
दैलेख । दैलखका स्थानीय तहले आर्थिक वर्ष २०८०÷८१ मा झण्डै ३४३ करोड रुपियाँ बजेट अनियमित तवरले खर्च गरेको पाइएको छ ।महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार दैलेख जिल्लाका चार नगरपालिका सात गाँउपालिका गरि ११ स्थानीय तहको कुल अद्यावधिक बेरुजू रकम तीन अर्ब ४३ करोड ८२ लाख ८ हजार नाघेको हो । सबैभन्दा धेरै आठविस नगरपालिका पहिलो र सबैभन्दा कम भगवतीमाई गाउँपालिका रहेको छ ।
जिल्लामा आर्थिक वर्ष २०८०/०८१ सम्मको अद्यावधिक बेरुजूू रकममा सबैभन्दा धेरै आठविस नगपालिकाको ५८ करोड ३५ लाख एक हजारहजार रुपैयाँ बेरुजु देखिएको छ । जिल्लामा सबै भन्दा कम रहेको भगवतीमाई गाउँपालिकाको १३ करोड ८१ लाख ८७ हजार रहेको बेरुजु छ ।
यस्तै नारायण नगरपालिका कुुल एक अर्ब ३१ करोड ९१ लाख ९९ हजारको लेखापरीक्षण गर्दा हालसम्मको अद्यावधिक बेरुजु रकम २१ करोड ९६ लाख ५५ हजार बेरुजु पुुगेको छ । दुुल्लुु नगरपालिकाको कुुल एक अर्व ९१ करोड ५७ लाख ९० हजारको लेखापरीक्षण गर्दा हालसम्मको अद्यावधिक बेरुजू ३८ करोड ६५ लाख २२ हजार रुपियाँ बेरुजु छ ।
त्यसैगरी कुल एक अर्व २१ करोड ९ लाख ६३ हजारको लेखापरीक्षण गर्दा चामुुण्डाविन्दाशैनी नगरपालिकाको हालसम्मको अद्यावधिक बेरुजू ३८ करोड २९ लाख ८५ हजार रहेको छ ।आठबिस नगरपालिकाको एक अर्व ३३ करोड ६५ लाख २२ हजारको लेखापरीक्षण गर्दा पालिकाको हालसम्मको अद्यावधिक बेरुजू ५८ करोड ३५ लाख एक हजार पुुगेको छ । गुराँस गाँउपालिकाको १ अर्व १९ करोड ८ लाख ८८ हजारको रुपियाँ परीक्षण गर्दा हालसम्मको अद्यावधिक बेजुरु ५२ करोड २२ लाख ९३ हजार रहेको छ ।
ठाँटीकाँध गाँउपालिकाले ९४ करोड ४४ लाख ३९ हजारको लेखापरीक्षण गर्दा हालसम्मको अद्यावधिक बेजुरु ३८ करोड ८९ लाख ३९ हजार रहेको छ ।
आर्थिक वर्ष २०८१/०८२ को प्रतिवेदन आउन बाँकी छ । बेरुजु देखिएका रकम सबै स्थानिय तहका आर्थिक अनियमितता कतिपय शीर्षकका आवश्यक कागजात अपुग भएर देखिएको हुनसक्ने प्रतिवेदनमै उल्लेख छ ।







