२०८३ जेठ १९ , मंगलबार

दैलेखबाट छानिए २० जना महाधिवेशन प्रतिनिधि



दैलेख – नेकपा एमालेको ११औं महाधिवेशनका लागि दैलेखबाट २० जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन गरिएको छ ।

मङसिर २७ गते देखि २९ गतेसम्म काठमाडौँमा हुने ११ औँ राष्ट्रिय महाधिवेशनका लागि सर्वसहमतिको प्रयास गर्दा आज मात्र प्रतिनिधि सर्वसम्मत चयन गरिएको नेकपा एमाले दैलेखका कार्यालय सचिव यामनारायण उपाध्यायले बताउनुभयो ।

दैलेख क्षेत्र नं १ बाट रविन्द्रराज शर्मा, प्रेमबहादुर थापा, नैनसिंह खत्री र हिमालयजंग शाह खुल्ला तर्फ चयन भएका छन् ।यस्तै  महिला तर्फ तप्ता कुमारी थापा, लक्ष्मी कुमारी कार्की र खगिसरा वि.सी., युवातर्फ जनक प्रसाद न्यौपाने र दलिततर्फ पार्वती विशुन्के र सशिराम विश्वकर्मा सर्वसम्मत चयन भएका छन् ।

यसैगरी दैलेख क्षेत्र नं २ बाट जिल्ला अध्यक्ष सुर्यवहादुर शाही, रुद्रवहादुर शाही, धीरवहादुर शाही र तिलक रिजाल खुल्ला तर्फ सर्वसम्मत महाधिवेशन प्रतिनिधी चयन भएका छन् । महिला तर्फ विष्णु थापा, कल्पना थापा र नन्दा आचार्य , युवा तर्फ शुसिल थापा र दलित तर्फ हिक्मत वि.क. र गमता वि.क. प्रतिनिधि चुनिएका छन्। दैलेख जिल्लाबाट २० प्रतिनिधिका लागि चार दर्जन भन्दा वढी नेता कार्यकर्ता आकांक्षी रहेका थिए ।

प्रकाशित मिति : २०८२ मंसिर १५ गते सोमबार
प्रतिक्रिया