
यामराज बिष्ट दैलेख मङ्सिर १६ गते ।दैलेखको ऐतिहासिक क्षेत्र दुल्लु नगरपालिका – ७ कीर्तिखम्ब स्थित रहेको विजया साहित्यिक पार्क आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । शहीदहरूको बलिदान र साहित्यिक योगदानलाई सम्झाउने गरि निर्माण गरिएको साहित्यिक पार्क पछिल्लो समयमा आन्तिरिक तथा बाह्य पर्यटकको रोजाई बनेको हो ।
हरियालीले भरिएको वातावरण, राष्ट्रिय झण्डा, साहित्यिक क्षेत्रमा योगदान पुयाएका ब्यक्तिहरुको सालिक निर्माण र सुन्दर दृश्यले भएकाले आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको दूल्लु नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत पदमबहादुर बुढाले बताउनुभयो । उहाँले ऐतिहाँसिक हिसावले निकै महत्वपुर्ण मानिएको यो ठाँउ संंरक्षण गर्न स्थानिय सरकारले काम गरेको बताउनुभयो । उहाँले दिनमा फोटो खिच्नकै लागि भए पनि करिब ६०जना भन्दा बढी आन्तरिक पर्यटन आँउने गरेको बताउनुभयो ।
विजया साहित्यिक पार्क हेर्न बिदाको दिनमा कर्मचारीहरु परिवारसँग घुम्न आँउने गरेको दुल्लु नगरपालिका–७स्थानिय भागवत हमाल रिजालले बताउनुभयो । उहाँले दूल्लु ऐतिहासिक क्षेत्र भएकाले साहित्यिक श्रष्टाहरुले छलफल गरेर दैलेख जिल्ला लगायत नेपालका साहित्यिक क्षेत्रमा योगदान पुयाएका ब्यक्तिहरुको सालिक निर्माण स्थापना गरिएको बताउनुभयो । उहाँले साहित्यिक पार्क सरक्षण गर्न पार्कमा घेरबार पूर्वाधार निर्माण, सरसफाइ, वृक्षरोपण लगायतका कार्य गर्न स्थानिय सरकारले अझै लगानी गर्नुपने बताउनुभयो । दिनप्रति दिन पछिल्लो सयम यस क्षेत्रमा आउने पर्यटकको संख्या बढेको स्थानिय हमाल बताउनुहुन्छ ।
साहित्यिक पार्क निर्माणले स्थानीयस्तरमा रोजगार, व्यवसाय वृद्धि र आयमा सकारात्मक प्रभाव पर्ने भएका थप पूर्वाधार विकास गरी प्रचारपसारमा जोडदिनुपर्ने स्थानीयको माग छ ।







