२०८३ जेठ १९ , मंगलबार

दैलेखमा सुन्तला उत्पादन घट्दो



यामराज बिष्ट
दैलेख मङ्सिर २३ गते । दैलेख जिल्लामा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । गत बर्ष८हजार ७सय ७५ मेट्रिक टन उत्पाद भएकोमा गत वर्षको तुलनामा यो बर्ष करिब ८सय ४०मेट्रिक टन कम उत्पादन भएको कृषि बिकास कार्यालय दैलेखले जनाएको छ ।
सुन्तलाको बोट पुरानो हुँदै जानु, सिँचाइको अभावलगायत कारण सुन्तला उत्पादन घटेको कृषि विकास कार्यालय दैलेखका दशरत पाण्डेले बताउनुभयो ।उहाँले जिल्लामा यसवर्ष करिब ३६करोड ४६ लाख रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको बताउनुभयो । उहाँले गत वर्ष करिब४३ करोड ८७ लाख रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको बताउनुभयो ।

कार्यालय प्रमुख पाण्डेले भन्नुभयो, “सुन्तलालाई मलजल, सिँचाइ, काटँछाट जस्ता स्याहारसुसार उचित नहुँदा उत्पादनमा कमी आएको हो ।” उत्पादन निरन्तर घट्दै जाँदा कृषक निराश हुँदै गएको उहाँको भनाइ छ । सुन्तला उत्पादन बढ्नुभएमा असिना नपर्नु र सुन्तलामा रोग नलाग्नु र कृषकलाई विभिन्न तालिमका कारण भएको हो ।

यस्तै जिल्लामा अहिले बोट पुरानो हुँदा र समयअनुसार स्याहार नपुग्दा सुन्तला उत्पादन घटेको स्थानिय कृषक दुल्लु नगरपालिका–११का खड्क बहादुर मल्लले बताउनुभयो । उहाँले यो बर्ष असिना परेकाले गर्ने पनि सुन्तला उत्पादन घटेको बताउनुभयो । उहाँले गत वर्ष रु ५लाख५० लाखको सुन्तला बिक्री गरेको र यस वर्ष ३लाख पनि सुन्तला बिक्री गर्न नसकिएको बताउनुभयो । आवश्यक प्राविधिक ज्ञान नहुँदा किसानले भनेजस्तो गरी सुन्तला उत्पादन गर्न नसकेको कृषक मल्लको भनाई छ ।

यस कृषि बिकास कार्यालय दैलेखले बगौचा ब्यवस्थापन लागी सामाग्री बितरण गरि तालिम प्रदान गर्ने जानकारी दिएको छ । जिल्लाका तिन वटा स्थानीय तह चामुण्डाबिन्द्रासैनि नगरपालिका, दुल्लु नगरपालिका र ठाटिकाँध गाउँपालिकामा सुन्तला सुन्तला उत्पादनमा हुने गरेको छ । जिल्लाको अन्य स्थान तुलनामा सुन्तला उत्पादन राम्रो भए पनि भगवती गाँउपालिकामा सुन्तला उत्पादनमा कमी आएको हो ।

प्रकाशित मिति : २०८२ मंसिर २३ गते मंगलबार
प्रतिक्रिया