२०८३ जेठ २० , बुधबार

प्रतिनिधिसभा निर्वाचन : उम्मेदवारको नाम सिफारिस गर्दै कांग्रेस



यामराज बिष्ट
दैलेख मङ्सिर २४ गते । नेपाली कांग्रेस दैलेखले फागुन २१ गतेका लागि तय प्रतिनिधि सभा निर्वाचनका लागि धमाधम उम्मेदवार चयन गर्न थालेको छ । आगामी माघ ११ गते हुने राष्ट्रियसभा र फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसले उम्मेदवार चयन गर्न थालेको हो ।
पार्टीको केन्द्रीय निर्देशन अनुसार सहमतिबाट उम्मेदवार सिफारिस नटुङ्गिए सबैको नाम जिल्ला समितिमा पठाएको नेपाली कांग्रेस दैलेखका सभापति मणिराम रेग्मीले बताउनुभयो । उहाँले जिल्लामा आकाङ्क्षी धेरै भएपछि जिल्लाका दुई वटा सङ्घीय निर्वाचन क्षेत्रका क्षेत्रीय समितिले उम्मेदवारको नाम जिल्लामा फठाएको बताउनुभयो । उहाँले छलफल गरेर सहमति नभएपछि सबैको नाम जिल्लामा सिफारिस गरिएको बताउनुभयो ।
उहाँले जिल्लामा दुईवाट क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ १८ जना, समानुपातिकतर्फ १४जना र राष्ट्रियसभा निर्वाचनतर्फ ११ जनाको उम्मेदवारी भएको बताउनुभयो ।

दुईवटा निर्वाचन क्षेत्र रहेको दैलेख क्षेत्र नं१ बाट प्रतिनिधिसभामा खेमराज केशी, खेमराज वली, गणेशप्रसाद उपाध्याय, देवेन्द्रबहादुर थापा, नगेन्द्रबहादुर मल्ल, नर्सिङ मल्ल, पदमबहादुर मल्ल, बखतबहादुर कटुवाल, बास्ना थापा, भूपेन्द्र शाही, मणिराम रेग्मी, मनोजकुमार थापा र सुशील देउजा क्षेत्र नं२बाट प्रतिनिधिसभामा तर्फ सिता कुमारी राना , एकेन्द्र बहादुर पन्त ,दिक्पाल कुमार शाही , मधुरबिक्रम खनाल रञ्जना कुमारी शाहीको नाम सिफारिस गरिएको छ ।
यस्तै, प्रतिनिधिसभा समानुपातिकतर्फ कुलबहादुर विश्वकर्मा, दीपक सोनी, गणेश श्रेष्ठ, दुर्गा श्रेष्ठ, निर्मलाकुमारी थापा, मीनाकुमारी थापा र मोहनमाया प्याकुरेल क्षेत्र नं २बाट जानकी कुमारी बिष्ट ,पुर्णबहादुर थापा ,भगवती प्रसाद उपाध्यय , लिलाराम उपाध्याय , सेरबहादुर शाही शुमित्रा शाह शूर्य बहादुर विकको कांग्रेसले नाम सिफारिस गरेकोे छ ।

यसैगरी, राष्ट्रियसभातर्फ किशोर केसी, रङ्गबहादुर शाही, खड्कबहादुर सिजापति, नगेन्द्रबहादुर खत्री, सीता ज्ञावली र हिक्मतबहादुर विश्वकर्मा तथा प्रतिनिधिसभा समावेश समानुपातिकतर्फ गणेशबहादुर बोगटी क्षेत्र नं२बाट खड्क बहादुर शाही, रंग बहादुर शाही, राजेश कुमार शाही, शिबराज जोसि, हिम बहादुर शाही नाम सिफारिस भएको नेपाली कांग्रेस दैलेखले जनाएको छ ।

प्रकाशित मिति : २०८२ मंसिर २४ गते बुधबार
प्रतिक्रिया