२०८३ जेठ २० , बुधबार

महाधिवेशनले एकताको सन्देश दिन्छ : अध्यक्ष ओली



 

 

काठमाडौ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको ११ राष्ट्रिय महाधिवेशनले एकताको सन्देश दिने बताउनुभएको छ । नेकपा एमालेको ११ औँ महाधिवेशन उद्घाटन समारोहलाई शनिबार भक्तपुरमा नेकपा एमालेको महाधिवेशनको अभियान देश जोगाउने अभियान भएको बताउनुभयो । एमालेको यो महाधिवेशनमा भएको उपस्थितिलाई कसैले अण्डरमाइण्ड नगरोस् भन्दै उहाँले चेतावनी दिनुभयो । ओलीले एमालेले देशलाई गलत दिशामा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

एमाले भएर देशको अभिभारा पुरा गर्ने उहाँले बताउनुभयो । ‘देशलाई लोकतन्त्रमा फर्काएर छाडिन्छ, संसद् पुनर्स्थापना गरेर छाडिन्छ’, उहाँले भन्नुभयो । ११ औँ महाधिवेशनको सन्देश एक र एक मिलेर ११ बन्ने कुरालाई बिर्सन नहुने उहाँले बताउनुभयो । एक र एक मिलेर मात्र ११ बन्ने तर एक र एक छुट्टिँदा फगत एक मात्र हुने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०८२ मंसिर २८ गते आइतबार
प्रतिक्रिया