
यामराज बिष्ट
दैलेख पुस ४ गते । राष्ट्रिय सभाका सदस्य साबित्री मल्लले सरकारले खेल क्षेत्रलाई बिकासको एउटा आधारको रुपमा लिएको बताउनुभएको छ । दैलेखको नारायण नगरपालिकाले आयोजना गरेको पालिका स्तरीय चौथो नगर प्रमुख कप उद्घघान कार्यक्रममा बोल्दै खेल र खेलाडीको विकासका लागि आफू सदैव अग्रसर भएको उहाँले बताउनुभएको हो । उहाँले सरकारले खेलकुदको क्षेत्रमा लगानीलाई वृद्धि गर्दै अगाडी बढेको बताउनुभयो ।
यस्तै कर्णाली प्रदेश सरकारका सामाजिक बिकास मन्त्री घनश्याम भण्डारीले खेल स्वास्थ्य र राष्ट्रका लागि महत्वपूर्ण भएकाले खेलले राष्ट्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने भएकाले पनि खेल प्रती खेलाडीको लगनशीलता, पर्याप्त हुनुपर्ने उहाँले बताउनुभयो ।उहाँले खेल क्षेत्रको विकासका लागि सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । कर्णाली सरकारले खेलुकद प्रतियोगिता सञ्चालन गर्नका लागि मात्र होइन, खेल मैदानहरु निर्माण गर्नका लागि पनि जोड दिएका मन्त्री भण्डारीले बताउनुभयो ।
यस्ता प्रतियोगिताले खेल क्षेत्रको विस्तारका लागि टेवा पुग्ने नारायण नगरपालिका दैलेखका नगरप्रमुख लोमन शर्माले बताउनुभयो । उहाँले देशको समृद्धिसँगै अन्तराष्ट्रिय रुपम परिचित गराउनका लागि खेलकुद क्षेत्रको विकास हुन आवश्यक रहेको बताउनुभयो । उहाँले खेलकुद क्षेत्रलाई अघि बढाउने उद्देश्य अनुरुप यस्ता प्रतियोगिताले नयाँ खेलाडी उत्पादन गर्न यो प्रतियोगिता आयोजना गरिने बताउनुभयो ।

नारायण नगरपालिका नगर खेलकृत विकाश समितीका अध्यक्ष ललित खड्काले खेल क्षेत्रलाई प्राथमिकता साथ अगाडि बढाउनुपर्ने बताउनुभयो । उहाँले खेलकुद क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्ने बताउनुभयो । खेल क्षेत्रको विकासका लागि सरकारले पूर्वाधारमा लगानी बढाउनुपर्ने अध्यक्ष खडेकाले बताउनुभयो ।
प्रयोगिता यही पुस ३ गतेदेखि पुस५गतेसम्म संञ्चालन हुने नारायण नगरपालिका शिक्षा शाखा प्रमुख पुर्ण प्रसाद उपाध्यायले बताउनुभयो। फुटसल प्रतियोगिताको उपाधि विजेता टीमले ६५ हजार रुपैयाँ र द्धितीय हुने टीमले ४० हजार रुपैयाँ उत्कृष्ट तर्फ २हजार५सय नगद पुरस्कारसहित टफि, मेडल, प्रमाणपत्र प्राप्तगर्ने उहाँले बताउनुभयो ।उहाँले खेलाडीहरूको विकास तथा प्रगतिका लागि सरकारको सहयोग रहने बताउनुभयो ।
यस्तै ब्याडमिन्टन प्रतियोगिताको विजेता टीमले नगद १५ हजार रुपैयाँ,उपविजेताले १०हजार तथा तृतीय स्थान हासिल गर्ने ७ दुई हजार पाँच रुपैयाँका दरले नगद पुरस्कार प्राप्त गर्ने छन् ।







