काठमाण्डौ – आईसीसी टी–२० विश्वकप क्रिकेट २०२६ का लागि भारतीय टोली घोषणा भएको छ । मुम्बईमा रहेको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ९बीसीसीआई० को मुख्यालयमा बीसीसीआईका सचिव देवजित सैकियाले प्रमुख चयनकर्ता अजित आगरकर र कप्तान सूर्यकुमार यादवको उपस्थितिमा १५ सदस्यीय टोली घोषणा गरेका हुन् ।
टोलीको उपकप्तानमा अक्षर पटेल रहेका छन् । ईशान किशन र रिंकु सिंह टोलीमा परेका छन् भने शुभमन गिल र जितेश शर्मा बाहिरिएका छन् ।
यही टोलीले घरेलु मैदानमा हुने न्युजिल्यान्डसँगको पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय शृङ्खला पनि खेल्नेछ । भारत र न्युजिल्यान्डसँगको टी–२० शृङ्खला आउँदो जनवरी २१ देखि शुरू हुनेछ ।
१०औं संस्करणको टी–२० विश्वकप आउँदो फेब्रुअरी ७ देखि शुरू हुँदैछ । २० वटा टोली सहभागी हुने प्रतियोगिताको फाइनल खेल मार्च ८ मा हुनेछ । भारत टी–२० विश्वकपको साविक विजेता हो । सन् २०२४ को संस्करणमा फाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै भारतले उपाधि जितेको थियो ।
यस्तो छ भारतीय टोली–
सूर्यकुमार यादव (कप्तान) अभिषेक शर्मा, सन्जू सामसन (विकेटकीपर) तिलक वर्मा, हार्दिक पान्ड्या, शिवम दुबे, अक्षर पटेल उपकप्तान रिन्कु सिंह, जसप्रीत बुमराह, हर्षित राणा, अर्शदीप सिंह, कुलदीप यादव, वरुण चक्रवर्ती, वाशिङ्गटन सुन्दर, ईशान किशन (विकेटकीपर)







