२०८३ जेठ २० , बुधबार

कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै



 

सुर्खेत। कर्णाली प्रदेशबाट वैदेशिक रोजगारीमा जानेको संख्या पछिल्लो समय बढ्दै गएको छ। सुरक्षित आप्रवासन कार्यक्रम सामीको तथ्याङ्कअनुसार कर्णालीबाट प्रत्येक वर्ष करिब ३० हजार जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने गरेका छन्।

आर्थिक वर्ष २०८१र८२ मा मात्र कर्णालीका १० जिल्लाबाट २८ हजार ४९ जनाले श्रम स्वीकृति लिएका छन्। तीमध्ये सबैभन्दा बढी सल्यान जिल्लाबाट सात हजार ५८७ जना वैदेशिक रोजगारीमा गएका छन्, जसमा छ हजार ९६७ पुरुष र ६२० महिला छन्।

त्यसपछि सुर्खेतबाट पाँच हजार ८९ पुरुष र ५६८ महिला गरी कुल छ हजार ३८७ जनाले श्रम स्वीकृति लिएका छन्। दैलेखबाट चार हजार २८८ जना ९तीन हजार ९६५ पुरुष र ३२३ महिला०, रुकुमपश्चिमबाट दुई हजार ८५९, जाजरकोटबाट दुई हजार ५१८, जुम्लाबाट एक हजार २५५ र कालिकोटबाट एक हजार २५ जनाले श्रम स्वीकृति लिएका छन्। यसैगरी मुगुबाट ६८६, डोल्पाबाट ६८८ र हुम्लाबाट ६०८ जनाले श्रम स्वीकृति लिएको तथ्याङ्क छ।

स्वदेशमा पर्याप्त रोजगारीका अवसर सिर्जना हुन नसक्नु र विदेशमा धेरै आम्दानी हुने आशाले गर्दा कर्णालीका नागरिक वैदेशिक रोजगारीतर्फ आकर्षित भइरहेको सरोकारवालाहरूको भनाइ छ।

अन्तर्राष्ट्रिय आप्रवासन दिवसका अवसरमा कर्णाली प्रदेश सरकारअन्तर्गत उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा सञ्चालन गरिएको सुरक्षित आप्रवासन ९सामी० कार्यक्रमको अन्तरक्रियामा सहभागी सरोकारवालाहरूले सकेसम्म स्वदेशमै रोजगारी खोज्न र विदेश जानै परेमा आवश्यक जानकारी लिएर मात्र जानुपर्ने सुझाव दिएका छन्।

प्रकाशित मिति : २०८२ पुस १० गते बिहीबार
प्रतिक्रिया