दैलेख- दैलेखमा विद्यालयका शिक्षक, युवा, जनप्रतिनिधिले विपद्को सामना गर्न सहकार्यका साथ अगाडि बढ्नुपर्ने बताएका छन् । नारायण नगरपालिकाको समन्वय ,युनिसेफको आर्थिक सहयोग, सोसेक नेपालको सहजीकरण गरिएको कार्यक्रममा सहभागीले जलवायु परिवर्तनका कारण उत्पन्न हुने जोखिम तथा विपद् व्यवस्थापनको अवस्थालाई मध्यनजर गरेर विपद्का लागि सहकार्य आवश्यक भएको जोड दिएका हुन्।
कार्यक्रममा त्रिभुवन माध्यमिक बिध्यालयका शिक्षक गणेश प्रसाद उपाध्यायले विपद् पूर्वतयारी र प्रतिकार्यलाई प्रभावकारी बनाउन माग गर्नुभयो । उहाँले विपद् पूर्वतयारीका लागी गरिने प्रतिकार्य कार्यलाई सरकारले प्राथमिकता अगाडी बढ्नुपर्ने बताउनुभयो ।
नारायण नगरपालिकाका नगरप्रमुख लोमन शर्माले बाताबरण सम्बन्धि कार्यक्रम भएको बताउनुभयो । उहाँको नगरपालिकाले विपद सम्बन्धि काम गरिरहेको बताउनुभयो । उहाँले विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारीमा लाग्नुपर्ने बताउनुभयो । उहाँले नगरपालिकाले विगतदेखि नै विपद् व्यवस्थापनका क्षेत्रमा कार्य गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि कार्ययोजनाअनुसार पूर्वतयारीका कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।
यस्तै कर्णाली प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्राल सुर्खेतका रमेश कुमार गीरीले विपद्को क्षति न्यूनीकरणका लागि समुदायस्तरमा सचेतनामूलक गतिविधि आवश्यक भएको बताउनुभयो । उहाँले जलवायुजन्य विपद्ले मानव शरीरमा पार्ने असर तथा त्यसको व्यवस्थापनका जाकारी दिर्दै विद्यालय शिक्षकहरूले विद्यालयस्तरमा र युवाहरूले समुदायस्तरमा विपद् व्यवस्थापनसम्बन्धी गतिविधिहरू बढाउनुपर्ने बताउनुभयो ।
सोसेक नेपालका महासचिव ललिता भण्डारीले विपद्का समयमा अपनाउनुपर्ने सावधानी र पूर्वतयारीको महत्त्व औँल्याउँदै विकास निर्माणका क्रममा जोखिम न्यूनीकरणमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले आगामी दिनमा पनि संस्थाबाट सहयोग र सहकार्य निरन्तर रहने उल्लेख गर्नुभयो ।







