२०८३ जेठ २० , बुधबार

दैलेखमा२ हजार २ सय ४६मतदाता बढे



दैलेख । दैलेखमा आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गराउनेहरूको संख्या बढेको छ। अघिल्लो निर्वाचनको तुलनामा जिल्लामा मतदाताको संख्या वृद्धि भएको हो ।
२०७९ को प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको तुलनामा दैलेखबाट आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा निर्वाचनका लागि नयाँ मतदाता नामवली सङ्कलनपछि २ हजार २ सय ४६ जना नयाँ मतदाता बढेका हुन् ।
दैलेखबाट १ लाख ६१ हजार २ सय ४ जना मतदाता कायम भएको जिल्ला निर्वाचन अधिकारी नरबहादुर सलामीले बताउनुभयो । उहाँले आगमी निर्वाचनको लागी अन्तिम नामावली अनुसार दैलेखमा ८१ हजार ९९ पुरुष र ८० हजार १ सय ५ महिला मतदाता समावेश भएको बताउनुभयो । आगामी फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि दैलेखमा १ सय ३९ मतदान स्थल र २ सय ८ मतदान केन्द्र कायम भएको जिल्ला निर्वाचन अधिकारी सलामीले बताउनुभयो ।

दैलेख जिल्लामा २०७९ मा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदय निर्वाचनमा पुरुष ७९ हजार ५ सय २० र महिला ७९ हजार ४ सय ३८ गरी कुल दैलेखमा कुल मतदाताको सङ्ख्या एक लाख ५८ हजार ९ सय ५८ रहेको थियो ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार २०७९ को तुलनामा २०८२ मा कुल मतदाताको सङ्ख्या २ हजार २ सय ४६ ले वृद्धि भएको छ । पुरुष मतदाताको सङ्ख्या १ हजार ५ सय ७९ र महिला मतदाताको सङ्ख्या ६ सय ६७ ले वृद्धि भएको हो ।

प्रकाशित मिति : २०८२ पुस १८ गते शुक्रबार
प्रतिक्रिया