२०८३ जेठ २० , बुधबार

कोइला बालेर सुत्दा निसासिएर एकजनाको मृत्यु



सुर्खेत । सुर्खेतमा कोइला बालेर सुतेको अवस्थामा एक शिशुको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिकाको वडा १२ बिरुवाबारीमा भाडामा बस्ने गोपी बुढाको कोठामा ३८ दिनको शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

यस्तै भेरीगङ्गा नगरपालिका–२ का स्थायी बासिन्दा गोपीकी श्रीमती तारा बुढा, उहाँकी भदैनी सङ्गम बुढा र छोरा प्रकाश बुढालाई निस्सासिएर बेहोस अवस्थामा उद्धार गरेको प्रहरीले जनाएको छ ।

भेरी अस्पतालमा उपचार भइरहेका उनीहरूको अवस्था सामान्य हुँदै गएको छ । बिहान अबेरसम्म कोठाबाट कोही पनि बाहिर नआएपछि घरधनीले ढोका खोलेर हेर्दा कोठाभित्र चारै जना अचेत अवस्थामा फेला परेका थिए ।

प्रकाशित मिति : २०८२ पुस १८ गते शुक्रबार
प्रतिक्रिया