२०८३ जेठ २० , बुधबार

फागुन १० गतेभित्र जिल्लामा मतपत्र



 

काठमाडौँ पुस १९ गते । निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि फागुन १० गतेभित्र जिल्ला जिल्लामा मतपत्र पु¥याउने भएको छ । आयोगको नियमित प्रेस ब्रिफिङका क्रममा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले फागुन १० भित्र मतपत्र मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा पु¥याइने बताउनुभएको हो ।

निर्वाचनका लागि आवश्यक अन्य सामग्री क्रमशः पठाइने उहाँले बताउनुभयो । प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट गर्नुपर्ने सामग्री खरिदको अख्तियारी आयोगले दिइसकेको छ ।

प्रकाशित मिति : २०८२ पुस १९ गते शनिबार
प्रतिक्रिया