२०८३ साउन १४ , बिहीबार

अव्यवस्थित दोहनले नासिँदै चुत्रो



दैलेख । पछिल्लो समयमा जंगलमा पाइने चुत्रोलाई जरैदेखि खनेर बेच्न थालिएपछि वनक्षेत्र नासिँदै गएको छ । जिल्लामा पाईने चुत्रो निरन्तर दोहनका कारण जंगल मात्रै होइन दुर्लभ जडीबुटीसमेत संकटमा परेका छन् ।

चुत्राको जरा प्रतिकेजी १५ देखि २५ रुपैयाँसम्म आम्दानी बिक्री हुन रुपैयाँसम्म बिक्रि हुने गरेको छ । चुत्रो नेपालगन्ज हुँदै भारत निकासी हुन थालेपछि चुत्राको जरा मात्रै होइन दुर्लभ जडीबुटीसमेत संकटमा परेका छन् । जिल्लामा अहिले बजार मूल्य बढेसँगै क्षणिक आम्दानीको लोभमा कतिपय बस्तीहरू वनविहीन बन्दै गएका छन्।

पछिल्लो समयमा जिल्लामा यसवर्ष चुत्रोको संकलन बढेको दूल्ल नगरपालिका–८का स्थानीय डिलबहादुर खड्काले बताउनुभयो । उहाँले छोटो समयका लागी आर्थिक लाभका लागि गरिएको यस्तो क्रियाकलापले दीर्घकालीन गम्भीर असर पार्ने खतरा बढेको बताउनुभयो । उहाँले विनाश हुने गरी चुत्रो जंगल क्षेत्र फँडानी र अतिक्रमणको चपेटामा पर्दै आएको बताउनुभयो ।

 

प्रकाशित मिति : २०८२ पुस २३ गते बुधबार
प्रतिक्रिया