२०८३ साउन १४ , बिहीबार

टी–२० विश्वकपका लागि नेपाली टोलीको घोषणा



काठमाण्डौ – आउँदो फेब्रअरी ७ तारिख अर्थात् माघ २४ गतेदेखि फागुन २४ गतेसम्म भारत र श्रीलंकामा हुने आइसीसी पुरुष टी–२० विश्वकपका लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले विश्वकपका लागि हिजो रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीको नाम सार्वजनिक गरेको छ । बन्द प्रशिक्षणमा रहेका २४ जना खेलाडी मध्येबाट ९ जना खेलाडी अन्तिम छनोटबाट बाहिरिएका छन् ।

दीपेन्द्र सिंह ऐरी उपकप्तान रहेको टोलीमा सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुलशन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम परेका छन् ।

प्रकाशित मिति : २०८२ पुस २३ गते बुधबार
प्रतिक्रिया