
यामराज बिष्ट
दैलेख ,पुस २४ गते । लायन्स क्लब अफ दैलेखले खाद्यान्न तथा शैक्षिक सामाग्रीसहयोग गरिएको छ । क्लबले नारायण नगरपालिका–७ किमुगाँउ स्थित रहेको बसन्तमाला बेद बिधा आश्रम धार्मिक बिद्यालयलाई खाद्यान्न सहयोग गरेको हो ।
बेद बिधा आश्रम धार्मिक बिद्यालयमा अध्ययनरत विद्यार्थीलाई करिब १० हजार बराबरको चामल दाल, तेल, आलु, चना शैक्षिक सामाग्री लगायतका खाद्य सामग्रीहरु क्लबले हस्तान्तरण गरेको लायन्स क्लब अफ दैलेखका अध्यक्ष राजु कुमार खत्रिले बताउनुभयो । उहाँले दुखी बेसहराका लागि सदैव क्लब साथमा रहेको बताउनुभयो । उहाँ मानवीय सेवामा निरन्तर लाग्दै आईरहेकाले आगमी दिनमा पनि यस्ताका काम गरिरहने बताउनुभयो ।
यस्तै कार्यक्रममा दैलेख उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्रबहादुर थापाले लायन्स क्लबप्रति धन्यवाद ज्ञापन गर्दै यस्ता खालेकार्यले बिधा आश्रम धार्मिक बिद्यालयमा रहेका बालबालिकाहरूलाई ठूलो राहत पुगेको बताउनुभयो । उहाँले आगामी दिनमा सामाजिक सेवा र मानवीय सेवामा निरन्तर लागि पर्ने बताउनुभयो ।
आगमि दिनमा क्लबहरुले अझै सक्रिय र व्यापक कार्यक्रमहरु संंचालन गर्ने इन्टरनेशनल डिष्ट्रिक ३२५ एनका डिष्टिक चिफ खम वहादुर थापाले बताउनुभयो । उहाँले आवश्यक पर्दा आश्रमलाई सेवा गर्न सदैव तत्पर रहेको बताउनुभयो।







