२०८३ साउन १४ , बिहीबार

एमालेले मिनासिंह रखाललाई बनायो राष्ट्रिय सभाको उम्मेदवार



 

दैलेख । नेकपा एमालेले राष्ट्रियसभा सदस्यमा कर्णाली प्रदेशबाट दैलेखका मिनासिंह रखाललाई उम्मेदवार बनाएको छ। एमाले केन्द्रीय सदस्य समेत रहेकी रखाललाई कर्णाली प्रदेशबाट उम्मेदवार बनाइएको हो।

राष्ट्रिय सभा निर्वाचनका लागि बुधबार बिहान १० बजेदेखि मनोनयन सुरु भएको छ। रखाललाई राष्ट्रिय सभामा कर्णाली प्रदेशबाट महिला क्लष्टरमा अघि सारिएको एमाले स्रोतले जनाएको छ।

यसअघि पार्टीको केन्द्रीय नेताहरूबीच कर्णालीबाट पुरुष उम्मेदवार बनाउने कि भन्ने बहस भएको थियो। तर, अन्तिममा महिला क्लष्टरबाट रखाललाई उम्मेदवार बनाइएको हो।

रखालले २०४७ सालमा एमालेको पार्टी सदस्यता लिएकी थिइन्। त्यसपछि २०५४ सालमा पहिलोपटक दैलेखको नेकपा एमालेको नारायण नगरपालिका नगर कमिटि सदस्य हुँदै   सक्रिय राजनीतिमा लाग्नुभएको थियो ।त्यसपछि नेकपा एमाले जिल्ला कमिटी दैलेखको सदस्यहुँदै पार्टी उपसचिव, साविकको भेरी अञ्चलको सदस्यदेखि तीन कार्याकाल नेकपा एमालेको केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेर पनि रखालले काम गरिसक्नु भएको छ ।

उनी नेकपा एमालेको ९ र १०औँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य र एमाले–मओवादीबीच भएको एकतापछि नेकपाको पनि केन्द्रीय सदस्य बन्नुभएको थियो । राखलले लामो समय नेकपा एमालेको जनवर्गीय संगठन अखिल महिला संघको केन्द्रीय सचिव भएर पार्टीको गतिविधिमा संलग्न रहेको जानकारी दिनुभयो।

२०७४ सालको प्रदेशसभा निर्वाचनमा समानुपातिकबाट कर्णाली प्रदेशसभा सदस्य निर्वाचित हुनुभएको थियो। रखालले आफु २०५४ सालबाट हालसम्म निरन्तर सक्रिय भएर पार्टीको काममा लागिरहेको बताउनुभयो।

प्रकाशित मिति : २०८२ पुस २४ गते बिहीबार
प्रतिक्रिया