२०८३ जेठ २० , बुधबार

राष्ट्रसेवक बहुउद्देश्यीय सहकारीको १६ औं साधारणसभा



 

दैलेख । राष्ट्रसेवक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार एक कार्यक्रम बिच संस्थाका अध्यक्ष लाल बहादुर खड्काको अध्यक्षतामा दैलेख सदरमुकाममा साधारणसभा सम्पन्न भएको हो ।

कार्यक्रममा संस्थाका अध्यक्ष लालबहादर खड्काले प्रगति प्रतिवेदन पेश गर्दै अब नयाँ ढंगबाट संघसंस्थाहरू अघि बढाउन जरूरी रहेको बताउनुभयो । उहाँले  सहकारी संस्थाको अघिल्लो वर्ष १ करोड ८ लाख १४ हजार ८ सय ४९ रुपैंयाँको आयव्यय कारोबारमा २ लाख ६० हजार ७ सय ५८ रुपैंयाँ ३२ पैंसा मुनाफा कमाएको बताउनुभयो । उहाँले सदस्य बढाउँदै उत्पादनशील क्षेत्रमा लगानीको योजना रहेको जानकारी दिनुभयो । अघिल्लो आर्थिक २०८१र०८२ अवधिमा संस्थाले प्रवाह गरेको ऋणको व्याजबाट २७ लाख, २९ हजार २ सय २५, बैंक कारोबारबाट व्याज ४३ हजार २ सय ३०, सहकारी संस्थाले दूध बिक्री ७२ लाख २४ हजार ९ सय ७ रुपैंयाँ, विभिन्न निकायबाट ८ लाख १४ हजार ६ सय ८७ रुपैंयाँ आम्दानी भएको बताउनुभयो । संस्थाले आर्थिक वर्ष ०८१र८२मा आयतर्फ४करोड८६ लाख ११हजार१ सय४८रूपैयाँ ब्यय तर्फ४करोड८६ लाख ११हजार१ सय४८रूपैयाँ कायम हुन गएको उल्लेख गरेको छ ।

राष्ट्रसेवक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका उपाध्यक्ष  गोपाल कुमार क्षेष्ठले स्वागत मन्तव्य राख्नदै सहकारीले मूल्य मान्यता र मर्मलाई बुझेर अगाडि बढेको बताउनुभयो । सहकारीहरुले समुदायको विभिन्न वर्गको उत्थानको निम्ति र विपन्न वर्गलाई माथि उठाउने काम गरेको बताउनुभयो ।

 

नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष महेन्द्र न्यौपानेले सहकारीका सात सिदान्तलाई व्यवहारिक रुपमा अनुशरण गरेमा सहकारीमा समस्या नआउने बताउनुभयो । उहाँले सहकारीहरु फराकिलो सोच राखेर अगाडी बढ्नुपर्ने बताउनुभयो ।

 

यस्तै नारायण नगरपालिका दैलेखका बरिष्ट शाखा अधिकृत पदम सापकोटाले सहकारी स्थापना गर्दा निकै चुनौतीभएको बताउनुभयो । उहाँले सहकारीले ऋण प्रवाहमार्फत आर्थिक सशक्तीकरणमा सहकारीले खेलेको भूमिकाको प्रशंसा गर्दै पारदर्शिता, सुशासन निरन्तर ध्यान दिनुपर्नेमा जोड दिनुभयो।

करिब १८ वर्ष अघि स्थापना भएको राष्ट्रसेवक बहुउद्देश्यीय सहकारी संस्थाले सामाजिक क्षेत्रको उत्थानका लागि सहकार्य गर्न जरुरी रहेको संस्थाका पूर्व अध्यक्ष खम बहादुर थापाले बताउनुभयो । उहाँले ऋण लगानी व्यवसायिक योजनामा गरिनुपर्ने सुझाव राख्नभयो ।

यस्तै नारायण नगरपालिका उपमेयर तप्ताकुमारी थापा सहकारीलाई आम नागरिकको सहकारी बनाउनुपर्ने बताउनुभयो । उहाँले आम नागरिकले विश्वास गर्ने खालका सहकारी काम गर्न सक्नुपर्ने बताउनुभयो ।

सहकारीका रजिष्टार तथा नारायण नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले सहकारी संस्थाले सबै संग समन्वय गर्नुपर्ने बताउनुभयो । उहाँले सहकारीलाई अगाडि बढाउन सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।

यस्तै भैरबी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर मल्लले सहकारी संस्थाको संस्थागत विकास र सहकारीले आफनो प्रतिष्ठा बचाइराखेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नारायण नगरपालिकाका नगर प्रमुख लोमन शर्मा राम्रो काम गदै आएकोमा प्रसंसा समेत व्यक्त गर्नु भयो । उहाँले आगमी दिनमा पनि सहरकारीले अझै राम्रो काम गरेर अगाडी बढ्नुपर्ने बताउनुभयो । उहाँले सहकारी संस्था भएका कमिकमजोरी सुधार गरेर अगाडी बढ्नुपर्ने बताए ।

सहकारीले ८ वर्ष अघिदेखि जिल्ला सदरमुकाममा दुध डेरी सञ्चालन गरेको छ । कार्यक्रममा उत्कृष्ट शेयर सदस्स्यलाई सम्मान समेत गरिएको थियो

प्रकाशित मिति : २०८२ पुस २७ गते आइतबार
प्रतिक्रिया