२०८३ जेठ २० , बुधबार

आवासीय विद्यालयमा पुस्तकालय स्थापना



जुम्ला गते । जुम्लाको दुर्गम आवासीय विद्यालयमा अन्तराष्ट्रिय स्तरका सात हजार पुस्तक सङ्कलित पुस्तकालय स्थापना गरिएको छ । जुम्ला हिमा गाउँपालिका वडा ५ स्थित हिमा आवासीय विद्यालयमा अष्ट्रेलिएन लेखक तथा प्रशिक्षक ग्याविन केम्रानले आफ्नो देशमा संकलन गरेका पुस्तक नेपाल ल्याएर हिमा गाउँपालिकाको आवासीय विद्यालयमा स्थापना गरेका छन् ।

हिमा गाउँपालिकाले स्थापना गरेको अनाथ बालबालिकाका लागि सो आवासीय विद्यालयमा पुस्तकालयसहित त्यस विद्यालयको चार कोठामा डेक्स, वेन्च, कार्पेट र रङ्गरोगन गरिएको छ । बरिष्ठ पत्रकार मनऋषि धितालको सहजीकरणमा ग्याविनसहित ५ जनाको टिम सो विद्यालयमा पुगेर आफै श्रम गरेर सो रङ्गरोगनको काम गरेको छ ।

दुर्गम स्थानमा पुस्तकालय र कक्षाकोठा छापामय भएपछि स्थानीय सरकार र सरोकारवालाले धन्यवाद दिएका छन् । पुस्तकालय हस्तानान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले सात समुन्द्रपारिबाट आएर गाउँको विद्यालयमा पुस्तक बनाइदिएकोमा लेखक ग्याविन र सहजकर्ता धितालको टमलाई धन्यवाद दिनुधभयो । उहाँले यो विद्यालयमा गरेको नम्ना कामको सिकाई भएको बताउँदै यसको संरक्षण गाउँपालिकाले गर्नेमा जोड दिनुभयो ।

सहयोेगी अष्ट्रेलियन लेखक ग्याविनले आफूले सानो सानो रकम र किताब जुटाएर यहाँ काम गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : २०८२ पुस २८ गते सोमबार
प्रतिक्रिया