
दैलेख । नेपाल निजामाती कर्मचारी संठगन दैलेख ,राष्ट्रिय स्वास्थ्यकर्मी महासंघले सामूहिक आत्मीयताका लागि वनभोज संस्कृति कार्यक्रम आयोजना गरेको छ ।दैलेखको भैरबी गाँउपालिका -१ जलजलेमा आयोजित वनभोज कार्यक्रममा निजामति क्षेत्रमा नवप्रवेशीलाई स्वागत तथा वनभोज कार्यक्रम आयोजना गरिएको हो ।
संगठनका सदस्यहरुको हार्दिकता ,सदभाव र एकता वृद्धिको लागी कार्यक्रमको आयोजना गरिएको नेपाल निजामाती कर्मचारी संठगन जिल्ला अध्यक्ष महेन्द्र न्यौपाले बताउनुभयो । उहाँले संगठनाललाई संगठित बनाउन र सदस्यहरूबीच चिनजानका साथै भावनात्मक एकता कायम गर्न यस्ता खाले कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

वनभोजमा एक आपसमा भेटघाटगरी अझै आत्मियता बढाउने र संगठनलाई अझै कसरी बलियो बनाउने भन्ने बारे संगठनको महत्वपुर्ण भूमिका रहने नाराय नगरपालिका नगर प्रमुख लोमन शर्माले बताउनुभयो । उहाँले संगठनमार्फत आफ्ना पेशागत समस्या उठाउन आग्रह गर्दै सधैं आफु निजामाती कर्मचारीको पक्षमा रहने बताउनुभयो । उहाँले अधिकारको संरक्षण गर्दै इमान्दार, जिम्मेवार र जवाफदेही भएर सेवा गर्न समेत आग्रह गर्नुभयो।

कार्यक्रममा नेकपा एमाले कर्णाली प्रदेशका उपसचिक रबिन्द्रराज शर्माले कर्मचारीहरुले नागरिकको हित विपरित काम गर्न नहुने भन्दैबताउनुभयो । उहाँले कर्मचारीरूलाई एकताबद्ध भई नीति तथा कार्यदिशा अनुसार अघि बढ्न आग्रह गर्नुभयो। उहाँले आगामी दिनमा यस संगठनले सक्रिय भएर कर्मचारीहरुको हकहितका क्षेत्रमा काम गरोस् भन्दै शुभकामना दिनुभयो ।उहाँले निष्पक्ष निर्वाचन सम्पन्न गराउनु वर्तमान सरकारको मुख्य जिम्मेवारी रहेको बताउनुभयो । उहाँले नेकपा एमा पार्टीले लोकतन्त्र प्राप्तिको सङ्घर्षमा होस् वा देशमा भएका सबै राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणको लागी ठिक राष्ट्रिय एजेन्डा तय गरी देशलाई उचित गन्तव्यमा पुर्याएको बताउनुभयो । उहाँ निजामती कर्मचारीलाई समस्या परेको बेला सहयोग गर्न तयार भएको समेत बताउनुभयाे।







