२०८३ जेठ २० , बुधबार

दैलेख प्रहरीद्वारा सम्पादित प्रमुख कार्य प्रगति सार्वजनिक



 

दैलेख – जिल्ला प्रहरी कार्यालय दैलेखले पत्रकार भेटघाट कार्यक्रम प्रगति विवरण सार्वजनिक गरेको छ । पत्रकार भेटघाट कार्यक्रममा प्रहरीले २०८२ को पुस महिना अवधिमा कार्यालयले सम्पादन गरेका प्रगति विवरण सार्वजनिक गरेको हो ।
जिल्लामा प्रहरीका क्रियाकलापहरु पारदर्शी बनाउन पत्रकार भेटघाट कार्यक्रम गरिएको दैलेखका प्रमुख गणेशबहादुर बरालले बताउनुभयो ।

दैलेख प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक केन्द्रमा घरेलु हिंसा ६, सामाजिक अवहेलना ४ वटा उजुरी आएकामा छलफलबाट सबैजसो मेलमिलाप भएका, सवारी दुर्घटना ११ वटा भएका तर कसैको ज्यान नगएको, प्रहरीका ग्रामीण क्षेत्रका युनिटबाट १२ सय ४९ सामुदायिक सचेतना कार्यक्रम गरिएको बताइएको छ ।

 

ज्याला ठगेको, गाउँबस्तीका झैगडा लगायतका विवाद बारे प्रहरीमा पुस महिना भरी आएका २२ ठाडो उजुरीमा छलफलबाट विवाद समाधान गरिएको, कार्यालयले गरेको कामप्रति जनमानसको बुझाई र सुधार ल्याउनुपर्ने विषयमा सुझाव माग्न पुुस २३ गते दैलेख सदरमुकाममा सार्वजनिक सुनुवाई गरिएको जानकारी दिइएको थियो ।

कार्यक्रममा पत्रकारहरुले ग्रामीण सडकहरुमा रुटपरमिट नभएकोले प्रदेश सरकारसंग समन्वय गर्नुपर्ने, निर्वाचन सुरक्षामा ध्यान केन्द्रित गर्न सुझाव दिएका थिए । कार्यक्रममा ट्राफिक व्यवस्थापन तथा सचेतनामुलक कार्यक्रम संचालन सम्बन्धिका विवरणहरु प्रस्तुत गरेका

 

प्रकाशित मिति : २०८२ माघ ३ गते शनिबार
प्रतिक्रिया