२०८३ जेठ २० , बुधबार

अनलाइन ठगीबाट जोगिन प्रहरीको आग्रह



दैलेख । जिल्ला प्रहरी कार्यालय दैलेखले अनलाइन ठगीका घटना बढेको भन्दै सावधानी अपनाउन सर्वसाधारणलाई सार्वजनिक सूचनामार्फत आग्रह गरेको छ ।

पछिल्लो समयमा अनलाइनबाट ठगी हुने क्रम बढेको भन्दै नेपाल प्रहरीले त्यसबाट जोगिन अनुरोध गरेको हो ।

नागरिक प्रलोभनमा परेर रकम ठगीमा पर्ने गरेका दैनिकजसो घटना आइरहेकाले सचेतनाका लागि सूचना जारी गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी गणेश बहादुर वरालले बताउनुभयो । उहाँका अनुसार सामाजिक सञ्जाल फेसबुक, इमो, ह्वाटस्एप, भाइबर, इन्स्ट्राग्रामलगायत माध्यमबाट ‘तपाईंलाई चिठ्ठा परेको छ, उक्त रकम प्राप्त गर्न केही रकम (राजस्व) तिर्नुपर्छ’ भनी रकम पठाउन लगाउँदै ठगी गर्नसक्ने भएकाले त्यसतर्फ सचेत हुन अनुरोध गरिएको छ ।

प्रकाशित मिति : २०८२ माघ ४ गते आइतबार
प्रतिक्रिया