२०८३ जेठ २० , बुधबार

प्रतिनिधि सभा निर्वाचन: आज देशभर उम्मेदवारी दर्ता गर्ने कार्यक्रम



काठमाडौँ, माघ ६ गते ।  प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मङ्गलबार देशभर एकै पटक मनोनयन दर्ता हुँदै छ । निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि तोकिएको मितिमा मनोयनमा सहभागी हुन सबैमा अपिल गरेको छ । आयोगले निर्वाचन कार्यतालिका संशोधन नहुने पनि प्रस्ट पारेको छ ।

मनोनयनपत्र दर्ताको पूर्वसन्ध्यामा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयमुक्त वातावरणमा हुनेमा कुनै शङ्का उपशङ्का नगर्न पनि आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “निर्वाचनको विकल्प निर्वाचन नै हो । अर्को  वैकल्पिक व्यवस्था नभएका हुनाले निर्वाचनमा सबै क्षेत्रबाट सहयोग होस् र निर्वाचन सम्पन्न होस् भन्नेमा सरोकारवाला सबैमा निर्वाचन आयोग हार्दिक अनुरोध गर्दछ ।” निर्वाचन घोषणा भएसँगै आयोगले तत्कालदेखि कार्यतालिका बनाई अघि बढिरहेको पनि उहाँले बताउनुभयो । माघ ६ गतेको कार्यतालिका पनि कुनै संशोधन नभएको उहाँले जानकारी दिनुभयो ।

देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवार दर्ताका लागि आवश्यक तयारी पूरा भइसकेको निर्वाचन आयोगले जनाएको छ।

 

प्रकाशित मिति : २०८२ माघ ६ गते मंगलबार
प्रतिक्रिया