२०८३ जेठ २० , बुधबार

राउटेलाई नागरिकता दिँदै गुराँस गाउँपालिका



दैलेख ।जंगलमा फिरन्ते जीवन विताउँदै आएका राउटे समुदायलाई गुराँस गाँउपालिकाले नागरिकता दिने भएको छ। गुराँस गाउँपालिकाले राउटेलाई स्थायी बासिन्दाका रूपमा लिएर परिचयपत्र वितरण गरे संगै राउटेलाई नागरिकता वितरणको गृहकार्य थालेको हो ।

नागरिकता वितरणको तयारीका लागि दैलेख जिल्ला प्रशासनले प्रव्रिmया अगाडि बढाएको गाउँपालिका अध्यक्ष टोपबहादुर विसीले बताउनुभयो । उहाँले त्यसका लागि मन्त्रीपरिषद्को निर्णय आवश्यक पर्ने भएकाले नागकिता दिन नसकिएको उहाँको भनाइ छ । राउटेलाई नागरिकता वितरण गर्न सके उनीहरूलाई पञ्जीकरण गर्न सघाउ पुग्ने भएकाले त्यसका लागि सामाजिक विकास मन्त्रालयलाई अग्रसरता लिन अध्यक्ष बिशीले आग्रह गर्नुभयो ।

गाउँपालिकाले वितरण गरेको परिचयपत्रका आधारमा नागरिकता दिने निर्णय गरेको हो। राउटे समुदायले गुराँस गाउँपालिकाको स्थायी बासिन्दाका रुपमा नागरिकता पाउने छन्।

प्रकाशित मिति : २०८२ माघ ६ गते मंगलबार
प्रतिक्रिया