
दैलेख ।फागुन २१ गते हुने निर्वाचनमा नेकपा (एमाले)को तर्फबाट दैलेख जिल्ला निर्वाचन क्षेत्र नम्बर– १ बाट रबिन्द्रराज शर्माले मनोनयन दर्ता गराउनुभएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार दर्ता गराउनुभएको हो ।
उहाँले मनोनयनपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै शर्मा लाई विकास, स्थायित्व र सुशासनको नमुना क्षेत्र बनाउने प्रतिबद्धता दोहोर्याउनुभयो। उहाँले जनताको विश्वासका साथ आगामी निर्वाचनमा विजय हासिल गर्ने दाबीसमेत गर्नुभयो।
दुई निर्वाचन क्षेत्र रहेको दैलेखमा यसअघि नेकपा तथा नेकपा ९माओवादी केन्द्र०ले मनोनयन दर्ता गरिसकेका छन्। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दलहरूले पनि उम्मेदवारी दर्ता गरिसकेका छन्।
प्रकाशित मिति : २०८२ माघ ६ गते मंगलबार







