दैलेख ,माघ६गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका दैलेखमा निर्वाचन क्षेत्रमा ८ राजनीतिक दलले उम्मेदवारको मनोनय दर्ता गराएका छन् । दैलेख जिल्लामा दुई वटा क्षेत्र रहेको दैलेखमा मङ्गलबार मुख्य निर्वाचन अधिकृतको कार्यालय,निर्वाचन अधिकृतको कार्यालय दूल्लुमा दलहरुका लागि तोकिएको समयमा मनोनयन दर्ता गराएका हुन् ।
फागुन २१ गते हुने निर्वाचनमा नेकपा (एमाले)को तर्फबाट दैलेख जिल्ला क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्य पदका उमेद्वार रबिन्द्रराज शर्मा,राष्ट्रिय जनमोर्चाबाट नरबहादुर सिंह,नेपाल मजदुर किसान पार्टीका तर्फबाट जगतबहादुर ओलीले मनोनयन दर्ता गर्नु भएको छ।
यसैबिच दैलेख क्षेत्र नम्बर १बाट नेपाली कांग्रेसबाट बासना थापा,नेपाली कम्युनिष्ट पार्टी(नेकपा) अमरबहादुर थापा,राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट नन्दकिसोर बस्नेत,राष्ट्रिय प्रजातन्त्र पाटी(राप्रपा) रणबहादुर सिहं,स्वतन्त्रबाट लोग बोगटी, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(माओवादी) रामलाल बिश्वकर्माले मनोनयन दर्ता गराउनुभएको हो ।
त्यसैगरी निर्वाचन क्षेत्र नं २ मा (एमाले)को तर्फबाट लक्ष्मी पोखरेल, नेपाली कांग्रेसबाट दिक्पाल शाही, नेपाल कम्युनिस्ट पार्टी माओवादी (बिप्लप)बाट कलम सिंह,स्वतन्त्र उम्मेदवारी लाल बहादुर कठायतले दर्ता गराउनुभएको छ ।यस्तै नेकपा माओवादी केन्द्रबाट योगेन्द्र शाही, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बखत बहादुर शाही,स्वतन्त्र उम्मेदवारी कलम सिंह ,नेपाल मजदुर किसान पार्टीका बखत थापा,राष्ट्रिय प्रजातन्त्र पाटीबाट बिता कुमारी शाहीले मनोनयन दर्ता गरिसकेका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार मनोनयन दर्ता प्रक्रिया बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ। प्रतिनिधिसभाका लागि राजनीतिक दल साथै स्वतन्त्र उम्मेदवारहरूका लागि अलग–अलग समय तोकिएको थियो ।
जिल्लामा निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउँदै सफल बनाउन सबैलाई सहयोग गर्न अनुरोध मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेले गर्नुभयो । न्यायाधीश पाण्डेले भन्नुभयो,‘‘निर्वाचनलाई स्वतन्त्र, शान्तिपूर्ण ,पारदर्शी, भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सबै राजनितिक दलको सहयोगको आवश्यक हुन्छ ।’’







