काठमाण्डौ – फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका लागि मनोनयन दर्ता गरेकामध्ये पाँच जना उम्मेदवारविरुद्ध उजुरी परेको छ ।
निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार हिजो १ सय ६५ निर्वाचन क्षेत्रमा मनोनयन दर्ता गराएका कुल ३ हजार ४ सय ८६ उम्मेदवारमध्ये पाँच जनाविरुद्ध मात्र उजुरी दर्ता भएको हो ।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित राजिव खत्री, जानुका पाठक, लालविक्रम थापा र रेशम चौधरीविरुद्ध उजुरी परेको छ ।
आयोगले बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उजुरी सङ्कलन गरेको थियो । उजुरीमाथि छानबिनको काम शुरू भइसकेको र आज बेलुका ५ बजेसम्म निर्णय गरिने आयोगका सहायक प्रवक्ता जिसीले जानकारी दिनुभयो ।
आयोगले आज साझ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यसूची छ ।
प्रकाशित मिति : २०८२ माघ ८ गते बिहीबार







