२०८३ जेठ २० , बुधबार

सम्झौता अगावै निर्माण सकेपछि निर्माण व्यवसायीलाई सम्मान



 


यामराज बिष्ट
देलेख ।गुराँस गाउँपालिका दैलेख र सामाजिक विकास कार्यालय दैलेखले तोकिएकै समयमा अगावै योजना सम्पन्न गर्ने निर्माण व्यवसायीलाई सम्मान गरेको छ । निर्माण व्यवसायी डी एम वी कन्स्ट्रक्सन एण्ड सप्लायर्स वीरेन्द्रनगर सुर्खेतले गुराँस गाउँपालिका–३मा अवस्थित गुराँस बहुमुखी क्याम्पसको भवन निर्माण कार्य सम्पन्न भएपछि निर्माण व्यवसायीलाई सम्मान गरिएको हो ।
समयमै काम सम्पन्न गरेर उदाहरणीय बनेकोले सम्मान गरिएको गुराँस गाँउपालिकाका अध्यक्ष टोपबहादुर बिशीले बताउनुभयो । उहाँले राम्रो गर्नेलाई सम्मान गर्ने र सकारात्मक सन्देश दिन सकेमा धेरै आयोजनाहरु समयमा सकिने गर्ने वातावरण समेत स्थानीय तहले मिलाउन सक्नुपर्ने बताउनुभयो । उहाँले गुराँस गाँउपालिका केही योजनाहरु अलपत्र परेका योजना समयमा काम नर्गर्ने ठेकदारलाई कारबाही गर्ने भएको तयारी भएको बेला राम्रो काम सहयोग ठेगदारलाई सयोग गर्ने समेत बताउनुभयो ।
यस्तै समाजिक बिकास मन्त्रालय कार्यालय दैलेखका कार्यालय प्रमुख लोकेन्द्र बिष्टले पछिल्लो समयमा अधिकासं ठाउँहरुमा निर्माणको जिम्मा लिएर समयावधि भित्रै काम नगर्ने निर्माण व्यवसायीलाई आफूहरुले नै कारवाहीका लागि प्रक्रिया अगाडि बढाउनु परेको स्मरण गर्दै भवन निर्माण गर्ने जिम्मा लिएर समयावधि भित्रै निर्माण सक्ने व्यक्तिलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले ६कोठे भवन निर्माण कार्य तोकिएकै समयमा अगावै योजना सम्पन्न गरेपछि सम्मान गरिएको बताउनुभयो । उहाँले राम्रो काम गर्ने निर्माण व्यवसायीलाई प्रोत्साहनका लागि सम्मान गरिने बताउनुभयो ।

 

३० लाख५९ रुपैयाँमा सक्ने गरी सम्झौत गर्ने गरी उक्त भवन निर्माणको ठेक्का डी एम वी निर्माण सेवा प्रालिले लिएको समाजिक बिकास मन्त्रालय कार्यालय दैलेखका सब-इन्जिनियर भरत पोखरेलले बताउनुभयो । उहाँले निर्माण व्यवसायी संग २०८२साल कात्तिकमा सम्झौता भएकोमा २०८३ जेठ२५ गतेभित्र सक्ने गरी व्यवसायी संग सम्झौता भएपनि पनि ५महिना अगाडी काम सम्पन्न भएको बताउनुभयो ।
पछिल्लो समयमा कामप्रति ठेकेदारहरूको लापरबाहीका कारण निर्माण व्यवसायीहरूले विभिन्न आरोपहरू भोगिरहेको बेलामा निर्माण व्यवसायी भने गुणस्तरीय काम तोकिएको समयभन्दा पहिले नै पूरा गरेपछि व्यवसायीलाई थप काम गर्ने होसला थपिएको छ ।

प्रकाशित मिति : २०८२ माघ ९ गते शुक्रबार
प्रतिक्रिया