२०८३ जेठ २० , बुधबार

कर्णाली र सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा वर्षा र हिमपातको सम्भावना



काठमाडौं– हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भागमा आज मौसममा बदली हुने पूर्वानुमान गरेको छ ।

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहनेछ भने बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुनेछ । तराईका अधिकांश भागमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ ।

महाशाखाका अनुसार आज रातिदेखि भोलि बेलुकासम्म विशेषगरि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

वर्षासँगै उच्च हिमाली भू–भागहरुमा मध्यम हितपात हुने सम्भावना पनि रहेको महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । वरिष्ठ मौसमविद् वरुण पौडेलले आउँदो माघ १३ गते मङ्गलवार रातिदेखि फेरि सामान्य वर्षाको सम्भावना रहेको छ ।

यसअघि गएको हप्ता पूर्वी नेपालका ताप्लेजुङलगायतका जिल्लाहरुमा सामान्य वर्षा र उच्च हिमाली भू–भागहरुमा मध्यम खालको हिमपात भएको थियो । अहिले देशभर मौसम मुख्यतया सफा रहेपनि तराईका केही भू–भागमा हुस्सु र कुहिरो लागेको छ ।

 

प्रकाशित मिति : २०८२ माघ ९ गते शुक्रबार
प्रतिक्रिया