
दैलेख। आागामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दैलेख जिल्लामा दलहरु चुनावी प्रचारप्रसारमा तीव्र बनाउन थालेका छन् ।उम्मेदवारको सिफारिस भए संगै नेताहरूले जनतासँग भेटघाट तथा घरदैलो कार्यक्रम सुरु गरेका छन् ।
निर्वाचनको तयारी अन्तिम चरणमा पुग्दा राजनीतिक जिल्लामा बिभिन्न दलले घरदैलो कार्यक्रम सुरु गरिसकेका छन् ।निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न दलहरुले चुनाव केन्द्रित अभियानसहित सक्रियता देखाउन थालेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट दैलेख निर्वाचन क्षेत्र नंं १बाट प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदावार बन्नुभएको नन्दकिशोर बस्नेत प्रचारप्रसार तथा घरदैलो अभियानमामा व्यस्त हुनुहुन्छ । उहाँले जिल्लाका गुराँस गाँउपालिका , महाबु गाँउपालिकाका बिभिन्न वडामा मतदाता संग घरदैलो कार्यक्रम गर्नुभएको छ। जिल्लाको सम्रग बिकासको लागी नेपाली जनताले चाहेको परिवर्तनका लागि आफू उम्मेदवार भएको बताउनुभयो । उहाँले निर्वाचन राजनीतिक दलको पर्वको रुपमा समेत रहेको बताउनुभयो । उहाँले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न राजनीतिक दलहरुलाई आग्रह गर्नुभयो ।
दैलेख निर्वाचन क्षेत्र नंं १ बाट प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदावार बन्नुभएका नेकपा एमाले का रवीन्द्रराज शर्मा बजार क्षेत्र तथा गाउँमा घरदैलोलाई तीव्रता दिएको बताउनुभयो । उहाँले निर्वाचनलाई लक्षित गरी नेकपा एमाले दैलेखले विभिन्न बैठक आयोजना गरी विभिन्न कार्यक्रममा तीव्रता दिंदैआएको बताउनुभयो ।
यस्तै दैलेख क्षेत्र नंं २बाट नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार बन्नुभएका योगेन्द्रबहादुर शाही गाउँगाउँमा घरदैलोलाई चुनावी अभियानलाई तीव्रता दिएको बताउनुभयो । उहाँले निर्वाचनलाई लक्षित गरेर आफ्नो पार्टीले आन्तरिक तयारी गरेको उल्लेख गर्नुभयो ।
नेपाली काँग्रेसकी उम्मेदवार बासना थापाले जिल्लामा निर्वाचन लक्षित विभिन्न कार्यक्रम गर्दै आएको बताउनुभयो । उहाँले जिल्लाभरी विभिन्न भेला र छलफल कार्यक्रम आयोजना गर्न लागी रहेको बताउनुभयो ।उहाँले घरदैलोमा पुग्दा लगातार जित्दै आएको यस क्षेत्रमा यसपटक परिवर्तनको चाहना भएको बताउनुभयो ।
दैलेख जिल्लामा राजनीतिक दलहरूले गाउँ गाउँ पुगेर मत माग्ने अभियान तीव्र पारे पनि यस पटकको निर्वाचन जित्न सहज नहुने सङ्केत देखिएको छ ।दूई वटा निर्वाचन क्षेत्र रहेको दैलेख जिल्लामा प्रतिनिधिसभा निर्वाचनको दुई सिटका लागि १८राजनीतिक दल र तीन स्वतन्त्रसहित २१जनाले जनाले उम्मेदवारी मनोनयन गरेर चुनावी प्रचार प्रसारमा लागेका छन् ।







