
दैलेख । राष्ट्रिय वाणिज्य बैंकको ६१औँ वार्षिकोत्सव दैलेखमा सम्पन्न भएको छ। राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय दैलेखको ६१औँ वार्षिकोत्सव विविध कार्यक्रमका बीच सम्पन्न भएको छ।
कार्यक्रममा माननीय जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डे अहिलेको बढ्दो तरलतालाई बैंकले उत्पादन र रोजगारी सृजनामा सघाउन आग्रह गर्दै औसत कार्यभन्दा असाधारण कार्य गर्नको लागि अनुरोध गर्नुभयो । उहाँले अर्थतन्त्रमा रहेको चुनौती समाधान गर्न राष्ट्रिय वाणिज्य बैंककोे भूमिका सकारात्मक रहने बताउनुभयो ।
उद्योग वाणिज्य संघ दैलेखका अध्यक्ष नरेन्द्र थापाले राष्ट्रिय वाणिज्य बैंकले प्रगति गरिरहेको र अझै प्रतिस्पर्धी बन्नुपर्ने बताउनुभयो । उहाँले बैंक दैलेख शाखाले जिल्लामा निक्कै सहज, सरल र भरोसायोग्य ढङ्गबाट सेवा प्रवाह गर्दै सेवाग्राहीको मन जित्न सफल भएको बताउनुभयो। उहाँले बैंकका ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्न बजारको माग अनुसारका सम्पूर्ण सेवा तथा सुविधा उपलब्ध दिने उनले आग्रह गर्नुभयो ।
यस्तै शाखा प्रमुख कृष्णप्रसाद उपाध्यायले नागरिकलाई सहज, विश्वासिलो र समयमै सेवा दिँदै आएको बताउनुभयो । उहाँले संस्थागत कार्यदक्षतामा सुधार ल्याई बैंकिङसेवा प्रवाहलाई थप प्रतिस्पर्धात्मक एवं उत्तरदायीपूर्ण बनाउन भूमिका निर्वाह गर्ने बैंकलाई आगामी दिनमा अगाडि बढाउने बताउनुभयो । उहाँले डिजिटल बैंकिङ्ग क्षेत्रमा समेत बैंकले उल्लेखनीय फड्को मारेको बताउनुभयो ।
बार्षिकोत्सवको अवसरमा सेवाग्राहीलाई सम्मान गरिएको थियो ।







