
काठमाडौँ। आइतबार देशका सातै प्रदेशमा सम्पन्न भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले) जसपा गठनबन्धनका १८ उम्मेदवार विजयी बन्नुभएको छ। ६ प्रदेशमा एमाले र कांग्रेसले गठबन्धन गर्दा मधेश कांग्रेसमा जसपा समेटिएको छ ।
निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आइतबार सम्पन्न भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा ९५ दशमलव ६८ प्रतिशत मतदान भएको छ।
मधेश प्रदेशमा कांग्रेसका धमेन्द्र पासवान र रञ्जित कर्ण, एमालेका रेखा झा र जनता समाजवादी पार्टीका महन्थ ठाकुर निर्वाचित हुनुभएको छ। । बागमती प्रदेशमा कांग्रेसका गीता देवकोटा र एमालेका प्रेम दंगाल विजयी हुँदा गण्डकी प्रदेशमा कांग्रेसका उम्मेदवार जगत तिमिल्सिना र एमालेका सम्झना देवकोटा निर्वाचित हुनुभएको छ। ।
लुम्बिनी प्रदेशमा कांग्रेसका वासुदेव जंगली र चन्द्रबहादुर केसी, एमालेका रामकुमारी झाक्री विजयी हुनुभएको छ । कर्णाली प्रदेशमा कांग्रेसका ललितजंग शाही, एमालेका मिना रखाल तथा सुदूरपश्चिम प्रदेशमा कांग्रेसका खम्मबहादुर खाती र एमालेका लीला भण्डारी निर्वाचित हुनुभएको छ। कोशी प्रदेशमा कांग्रेसबाट सुनिलबहादुर थापा निर्विरोध निर्वाचित हुँदा सो प्रदेशमा एमालेबाट रोशनी मेचे र सोम पोर्तेल निर्वाचित हुनुभएको छ।
रिक्त एक पदमा भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्नुहुने छ ।







