२०८३ जेठ १९ , मंगलबार

विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा नगरपालिकालाई ज्ञापनपत्र



दैलेखमा विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा मानसिक स्वास्थ्यको महत्व र सरकारी नीतिमा यसको प्राथमिकता सुनिश्चित गर्न माग गर्दै ज्ञापनपत्र बुझाइएको छ। टीपीओ नेपाल संस्थाले विभिन्न संघ संस्थाहरुको समन्वयमा विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा नारायण नगरपालिकालाई ज्ञापन पत्र बुझाएको हो ।

मानसिक स्वास्थ्यप्रति जनचेतना जगाउने उद्देश्यले सरकारी नीतिमा यसको प्राथमिकता सुनिश्चित गर्न माग गर्दै ज्ञापनपत्र बुझाइएको टीपीओ नेपाल मनोविमर्शकर्ता उर्मिला बिशीले बताउनुभयो । उहाँले सकारात्मक सोचको विकासले मानसिक स्वास्थ्यलाई स्वस्थ राख्न सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रममा पछिल्लो समय मानसिक अवस्था दिनप्रतिदिन बढ्दै गएकाले आगमी दिनमा मानसिक स्वास्थ्यका कार्यक्रमलाई प्राथमिकतामा राख्दै विद्यालयदेखि समुदायसम्म सचेतनामूलक अभियान सञ्चालन गर्ने नारायण नगरपालिका दैलेखका नगरप्रमुख लोमन शर्माले बताउनुभयो । आगामी दिनमा मानसिक स्वास्थ्यको विषयलाई अझ राम्रोसँग जनसमुदायमा पुर्‍याउन विभिन्न जनउपयोगी गर्नुपर्ने उहाँले बताउनुभयो ।

हरेक वर्षको अक्टोबर १० मा मनाईने यो दिवश ‘विपद्को समयमा मानसिक स्वास्थ्य ’ भन्ने नारासहित देशभर मानसिक स्वास्थ्य सम्बन्धी सचेतना अभिवृद्धिमूलक कार्यक्रम गरी मनाईएको हो ।

प्रकाशित मिति : २०८२ असोज २५ गते शनिबार
प्रतिक्रिया