२०८३ जेठ २० , बुधबार

४० जनालाई झोलुङ्गे पुल निर्माण तालिम



दैलेख। दैलेखमा नमुना झोलुङ्गे पुल निर्माण सम्बन्धी तालिम दिएको छ । पुर्वाधार बिकाश कार्यालय दैलेखको आयोजनामा जिल्लामा ४० जनालाई उक्त तालिम प्रदान गरिएको हो ।

कर्णाली प्रदेश सरकारको लगानी तथा ग्रामीण विकास सेवा केन्द्र (आरडीएससी)को सहकार्यमा तालिमको आयोजना गरेको आरडीएससीका कार्यक्रम संयोजक नविनकुमार शर्माले जानकारी दिनुभयो । उहाँले उपभोक्ता समितिका पदाधिकारी र मिस्त्रीहरुलाई झोलङ्गे पुल निर्माण सम्वन्धी ६ दिने अभ्यास तालिम प्रदान गरीएको बताउनुभयो ।

कार्यक्रममा पूर्वाधार विकास कार्यालयका प्रमुख प्रबीण कार्कीले उपभोक्ताहरुले आफैले उपभोग गर्ने भएकोले गुणस्तरीय निर्माणमा सजग रहन आग्रह गर्नुभयो । उहाँले यस्ता किसिमका तालीमहरू समय समयमा लिनुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : २०८२ माघ १२ गते सोमबार
प्रतिक्रिया