२०८३ जेठ २० , बुधबार

विद्यार्थीलाई शैक्षिक सामग्री वितरण



 

दैलेखः नारायण नगरपालिका–५छातिकोटमा रहेको नवदुर्गा आधारभुत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । अभिषेक स्मृति क्लबको आयोजनामा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।

छैटौं अभिषेक स्मृति दिवस तथा ३५ औँ जन्मोत्सवको अवसर पारेर विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।

शैक्षिक सामग्रीहरू वितरण गरेर विद्यार्थीलाई पढाइमा प्रोत्साहन मिल्ने विद्यालयका प्रधानाध्यापक घनश्याम रेग्मी बताउनुभयो । उहाँले मुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।

यस्तै नारायण नगरपालिका- ५ का वडाध्यक्ष ऐमान सिंह थापाले शैक्षिक सामग्री वितरणले विपन्न बालबालिकालाई पठनपाठनमा सहज हुने बताउनुभयो । उहाँले भविष्यमा पनि यस्तै सहयोग र सहकार्यको अपेक्षा रहेको जनाउँदै विद्यार्थीको शिक्षामा सशक्त भूमिका खेल्न निरन्तर लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा ससत्र प्रहरी वल दैलेखका प्रमुख मात्रिका पौडेलले मात्रिका पौडेलले शैक्षिक सामग्रीहरू वितरण गरिएको जनाउँदै यसबाट विद्यार्थीलाई नियमित विद्यालय आउन सहयोग पुग्ने बताउनुभयो । उहाँले अभिषेकको मृत्युले सङ्गठनमा ठुलो क्षति पुगेको बताउँदै शैक्षिक सामग्रीहरू वितरण गरिएपछि पठनपाठनमा सुधार हुने आशा गरिएको बताउनुभयो ।

प्रकाशित मिति : २०८२ माघ १३ गते मंगलबार
प्रतिक्रिया