
यामराज बिष्ट
दैलेख। पछिल्लो समयमा जिल्लाको माथिल्लो डुङ्गेश्वर देखि दुल्लु बेउली हुँर्दै कालिकोट जोड्ने सडकको काम धमाधम कालोपत्रे भइरहेको छ । लामो समयसम्म प्रभावित सडक खण्ड विस्तार तथा निर्माणको काम तोकिएकै समयावधिमा सक्न छिटो काम भइरहेको छ ।
माथिल्लो डुङ्गेश्वर देखि दुल्लु नगरपालिका–१२स्थीत दहगाँउ सम्म करिब ६ किलोमिटर सडक पछिल्लो एक दिनमा करिब १सय मिटर कालोपत्रे भईरहेको पुर्वाधार विकास कार्यालयका प्रमुख प्रबीण कार्कीले जानकारी दिनुभयो । उहाँले सडक कालोपत्रेका लागी मोतिदान लालसुभ मेन्द्रो जेभि हेटौडा संंग आर्थिक बर्ष २०७८ साउनमा २७गते १५ करोड ५८ लाख १५हजारमा ठेक्का सम्झौता भएको बताउनुभयो । उहाँले कालोपत्र सडक सम्पन्न गर्न २०८२माघ३०सम्म सम्पन्न गर्नेगरि सडक अहिले धमाधम कालोपत्रेको काम अघि बढिरहेको बताउनुभयो । मौसनले साथ दिए समय अवधिमा पनि कामले गति लिन निर्माण व्यवसायीलाई ताकेता गरिरहेको हुँदा समय अवधिभित्रै काम हुने आसा राखिएको कार्यालय प्रमुख कार्कीको भनाई छ ।
जेभि पार्टनरले तोकीएको समयमा काम नर्गदा ढिलाई भएको निर्माण व्यवसायी ईन्जिनियर सुदर्शन थापाले बताउनुभयो । उहाँले भनेको समयमा सडक कालोपत्रे गर्ने तयारी साथ काम भइरहेको बताउनुभयो । उहाँले वर्षाले असर नगरे कालोपत्रेको काम धमाधम कार्यालय भनेको समयमा सम्पन्न गर्नेगरि काम भईरहेको बताउनुभयो ।
आर्थिक वर्ष २०८२/८३ मा पूर्वाधार विकास कार्यालयले अहिले सम्म जिल्लाभर करिब १०किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य रहेको जनाएको छ । कार्यालयले यसै आर्थिक वर्षमा समेत करिब३९ करोडको ८५लाखको टेण्डर निकालेर काम अगाडि बढाएको छ ।







