२०८३ जेठ २० , बुधबार

बालक र वयस्क पुरुषबीच अन्तरपुस्ते संवाद कार्यक्रम सम्पन्न



दैलेख । दैलेखको नारायण नगरपालिकामा बालक, किशोर, युवा तथा वयस्क पुरुषबीच अन्तरपुस्ते संवाद कार्यक्रम सम्पन्न भएको छ।पुस्ताबीचको दूरी घटाउँदै लैंगिक समानता प्रवर्द्धन र सामाजिक रूपान्तरणका लागि सामूहिक प्रयासलाई सुदृढ बनाउने उद्देश्यसहित उक्त कार्यक्रम आयोजना गरिएको हो।

आवाज संस्थाको आयोजनामा युरोपेली संघको आर्थिक सहयोग तथा विभिन्न संयुक्त राष्ट्र संघीय निकायहरूको संयुक्त अभियान अन्तर्गत सञ्चालित सशक्त महिला समृद्ध नेपाल कार्यक्रम र सकारात्मक लैंगिक मापदण्डहरूको प्रवर्द्धन, लैंगिक हिंसाको रोकथाम तथा यसका सेवाहरूमा पहुँच वृद्धि परियोजना अन्तर्गत कार्यक्रम सञ्चालन गरिएको आवाज संस्थाकी सामाजिक परिचालिका सम्झना खत्रीले जानकारी दिनुभयो। उहाँले लैंगिक समानता, घरेलु हिंसा न्यूनीकरण, तथा सेवाहरूमा पहुँच अभिवृद्धि जस्ता विषयमा गहन छलफल गरिएको बताउनुभयो।

कार्यक्रममा सहभागीहरूले पारिवारिक जिम्मेवारी, लैंगिक समानता, पुरुषत्व र सामाजिक भूमिकाका विषयमा छलफल गरेका थिए ।

प्रकाशित मिति : २०८२ माघ १५ गते बिहीबार
प्रतिक्रिया