
दैलेख जेसीज वर्ष २०२६ को२९ औँ पदस्थापना तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार एक कार्यक्रम बीच दैलेख सदरमुकाममा एक कार्यक्रमका बीच पद हस्तान्तरण सम्पन्न भएको हो ।
वर्ष २०२५ का अध्यक्ष जेसिज प्रतिमा खड्काले जेसिज वर्ष २०२६ को अध्यक्षमा डा .प्रयासविक्रम सिजापतिलाई लाई अध्यक्ष पद हस्तान्तरण गर्नुभएको हो । दैलेख जेसीज सन् २०२६ पदका हस्तान्तरण कार्यक्रममा यो वर्षका महासचिव रेखा थापा, कोषाध्यक्ष योगेश खड्का, कानूनी सल्लाहकार प्रकाश बुढा, निवर्तमान अध्यक्षको हैसियतले हुने सदस्य प्रतिमा खड्का, उपाध्यक्षहरु डा. सुदीप खड्का, शौरभ चन्द, भुवन पाण्डे, घनश्याम केसी, कृष्णकमल अधिकारी, खगेन्द्र थापा गरी ११ सदस्यीय कार्यसमितिको सदस्य घोषणा गरिएको छ ।
पद हस्तान्तरण कार्यक्रममा आफ्नो कार्यकालमा नेपालका १८४ शाखामा सवोत्कृष्ट शाखा बनेर ५० हजार पुरस्कार संस्थागत खातामा जम्मा गरेको श्रेय २०२५ को सम्पूर्ण कार्यसमिति र शुभेच्छुकको साथ सहयोगले प्राप्त भएको भन्दै २०२५ का अध्यक्ष खड्काले सबैलाई आभार प्रकट गनुभयो ।
लायन्स ईन्टरनेशनल डिष्ट्रिक ३२५N का डिष्ट्रिक चिफ एवं लायन्स क्लव दैलेखका लायन वर्ष २०र२१ का अध्यक्ष खमबहादुर थापाले दैलेख जेसिजले बिशुद्ध सामाजिक सेवा र नेतृत्व विकासमा अहमं भूमिका खेल्ने गरेको बताउनुभयो । उहाँले जेसीजले समाजमा सकारात्मक सन्देश प्रवाह गर्दै युवालाई लक्षित विविध कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा पूर्वसाँसद पार्वती बिशुन्केले १८ देखि ४० वर्ष उमेर समूहका युवाहरुको व्यक्तित्व विकासमा योगदान गर्दै आएको जेसिसले भविष्यका कर्णधार युवाहरुलाई सत्मार्गमा लगाएर देश निर्माणका लागि योग्य जनशक्ति तयार पार्न अझैं रचनात्मक कार्यक्रमहरु सञ्चालन गर्न सुझाव दिनुभयो ।
जिल्ला समन्वय समितीका प्रमुख प्रमुख नमराज शाहीले जेसिजले युवा पुस्तालाई सक्षम नेतृत्वको विकास र कुशल युवा पुस्ता निर्माणमा भूमिका खेल्दै आएको बताउनुभयो ।
यस्तै राष्ट्रिय सभाका नवनिर्वाचित साँसद मीनासिंह रखालले पुर्खाहरुको योगदानको कदर गर्दै नयाँ प्रविधि र देशको आवश्यकता अनुसार देश विकासमा जुट्न युवाहरुलाई आग्रह गर्नुभयो ।







