२०८३ जेठ १९ , मंगलबार

एमालेबाट दैलेखमा शर्मा र पोखरेल प्रतिनिधि सभाको उम्मेदवार



दैलेख, माघ४गते । नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दैलेखका २ वटै निर्वाचन क्षेत्रका लागी उम्मेदवारको टुंगो लगाएको छ।
दैलेख निर्वाचन क्षेत्र १ बाट नेकपा नेकपा एमाले कर्णाली प्रदेशका उप-सचिब  रविन्द्रराज शर्मा क्षेत्र नं२मा नेकपा (एमाले) पूर्व पोलिट्ब्युरो सदस्य लक्ष्मी पोखरेललाई पार्टीले प्रतिनिधिसभा सभाको सदस्यमा उम्मेदवार चयन गरेको हो ।

उम्मेदवारको लागि सिफारिस भएका शर्मा २०७४ को निर्वाचनमा प्रतिनिधि सभाका सदस्य, पोखरेल एक कार्यकाल सबिधान सभाका सदस्य भईसक्नुभएको हो ।

 

 

प्रकाशित मिति : २०८२ माघ ४ गते आइतबार
प्रतिक्रिया