२०८३ साउन १२ , मंगलबार

लोकप्रिय गायक कमलबिशी माल्दाईको प्रस्तुतिमा झुमे दर्शक



दैलेख ।दैलेख महोत्सवमा लोकप्रिय गायक कमलबिशी माल्दाईको प्रस्तुति आकर्षणको केन्द्र बनेको छ। उहाँका चर्चित गीतहरूसँगै प्रस्तुत गरिएको सांगीतिक कार्यक्रमले दर्शकहरूलाई भरपुर मनोरञ्जन दिएको थियो।

मञ्चमा उत्रिएसँगै दर्शकहरूको उत्साह झन् बढेको देखिन्थ्यो। उहाँका एकपछि अर्को चर्चित गीतमा दर्शकहरू झुमेका थिए भने केहीले नाच्दै साथ दिएका थिए।

 

महोत्सवस्थलमा उपस्थित दर्शकहरूको बाक्लो सहभागिताले कार्यक्रम अझ भव्य बनेको थियो।पछिल्लो समयमा दर्शकले अत्यन्त रुचाइएका गायक माल्दाईको प्रस्तुतिले दैलेख महोत्सवलाई थप उल्लासमय बनाएको आयोजकले जनाएको छ।

प्रकाशित मिति : २०८३ वैशाख १७ गते बिहीबार
प्रतिक्रिया